Bizmandu
www.bizmandu.com

१०० दरका ४० करोड थान नोट छाप्ने जिम्मा बेलायतको कम्पनीलाई, दसैंसम्म केही नोट आइपुग्ने

१०० दरका ४० करोड थान नोट छाप्ने जिम्मा बेलायतको कम्पनीलाई, दसैंसम्म केही नोट आइपुग्ने


काठमाडौ। अघिल्लो साता ५० रुपैयाँ दरका नयाँ नोट छाप्ने जिम्मा लगाएको नेपाल राष्ट्र बैंकले सोमबार १०० दरका नयाँ नोट छाफ्ने जिम्मा बेलायतको एक कम्पनीलाई दिउको छ। राष्ट्र बैंकले ५० रुपैयाँ दरका २३ करोड थान नयाँ नोट छाप्ने जिम्मा फ्रान्सको कम्पनीलाई गत साता दिएको थियो।

सोमबार बेलायतको डे ला रुफ इन्टरनेशनल कम्पनीलाई १००  दरका नयाँ नोट छाप्ने जिम्मा दिएको छ। १०० दरका ४० करोड थान नयाँ नोट कम्पनीले छाप्ने छ। 
Tata
Swostik Collage


यी नोटहरु ७/८ महिनाभित्र छापिएर नेपाल आइपुग्छन्। ४० करोड थानमध्ये केही दसैंसम्ममा आइपुग्ने छन्।

नयाँ नोटको डिजाइन परिवर्तन गरिएको छैन। नयाँ नोट छाप्ने जिम्मा पाएको कम्पनीले ८० लाख ७२ हजार पाउण्डमा कामको जिम्मा  लिएको छ। 

'हामी एक पटकमा न्यूनतम तीन बर्ष तीन महिनाका लागि पुग्ने गरी नोट छाप्छौं' राष्ट्र बैंक मुद्रा ब्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले भने, 'यो नियमित काम हो।'