BIZMANDU
www.bizmandu.com

कोलकातामा चोरिएको शारडा ग्रुपको कच्चा पदार्थ फेला पर्यो,कानुनी प्रक्रिया पुर्याएर सामान पाउने

२०७५ फागुन २८

कोलकातामा चोरिएको शारडा ग्रुपको कच्चा पदार्थ फेला पर्यो,कानुनी प्रक्रिया पुर्याएर सामान पाउने
कोलकातामा चोरिएको शारडा ग्रुपको कच्चा पदार्थ फेला पर्यो,कानुनी प्रक्रिया पुर्याएर सामान पाउने


कोलकाता बन्दरगाहको तस्विर
विराटनगर। औद्योगिक घराना शारडा समूह अन्तर्गत प्रिमियर वायरको कोलकातामा चोरी भएको १ करोड ७५ लाख मूल्यको औद्योगिक कच्चा पदार्थ फेला परेको छ।

Tata
GBIME
Nepal Life

उद्योगका सञ्चालक श्रीनिवास शारडाले कोलकाताको व्यस्त बजारबाट यही फागुन १७ गते चोरी भएको कपर वायर रड पश्चिम बङ्गाल प्रहरीले फेला पारेको बताए ।‘प्रहरीले माल फेला पारिसकेको छ’, उद्योगी शारडाले भने, ‘आवश्यक अनुसन्धान र कानुनी प्रक्रिया पुर्याएर हामीलाई छिटै हस्तान्तरण गर्ने त्यहाँको प्रहरीले जनाएको छ ।’कुल २५ टन तौल रहेको उक्त मालवस्तु प्रिमियर वायरका नाममा युनाइटेड अरब इमिरेट्सबाट मगाइएको थियो ।

श्रीनिवासका अनुसार निर्वाण रोड कर्पोेरेसन (एनआरसी)–को सञ्चालनमा रहेका डब्लुबि ३१इ७२२६ नम्बरको १० चक्के ट्रेलरमा कच्चा पदार्थ लोड गरिएको कन्टेनर राखेर ल्याइँदै थियो ।‘कोलकाता बन्दरगाहबाट ट्रेलर १७ गते साँझमा निस्किएको थियो’, श्रीनिवासले भने, ‘बन्दरगाहबाट निस्कनेबित्तिकै ट्रेलरका चालक र सहचालक खाना खान ओर्लिएछन् । खाना खाएर आउँदा रोकेका ठाउँमा ट्रेलर रहेनछ । कसैले हाइज्याक गरिसकेको रहेछ ।’

व्यस्त सडकबाटै ट्रेलर गायब भएको खबर शारडा ग्रुपमा तुरुन्तै आएको र ग्रुपका तर्फबाट कोलकाता प्रहरीमा तत्काल जाहेरी दिएको उनले बताए ।शारडाका अनुसार भोलि पल्ट चैत १८ गते कन्टेनरसहितको उक्त ट्रेलर बन्दरगाहभन्दा साढे १२ किलोमिटर उत्तरमा पर्ने बनारस रोडमा फेला परेको थियो ।कोलकाता प्रहरीको अपराध महाशाखाले यो मुद्दा हेरिरहेको र अनुसन्धानका लागि ट्रेलरका चालक, सहचालक र मालिक समेत गरेर ४ जनालाई नियन्त्रणमा लिएको छ।

भारतसितको परिवहन सन्धिअनुसार समुद्र पारका मुलुकबाट आयात भई कोलकाता बन्दरगाहबाट नेपालका लागि हिँडेको कुनै पनि मालवस्तु चोरी वा हराएमा त्यसको जिम्मेवार नेपालको आयातकर्ता स्वयं हुनुपर्नेछ । यसको जिम्मेवार ट्रान्सपोर्ट कम्पनीको पनि हुँदैन ।

नेपालतर्फ आइरहेका कन्टेनरबाट चोरी भएको यो पहिलो घटना होइन । यसअघि गत साउन महिनामा विराटनगरका व्यवसायी खेमचन्द जैनले इन्डोनेसियाबाट पैठारी गरेको सुपारी पनि चोरी भएको प्रमाणित भएको थियो । त्यस्तै विराटनगरकै नन्दकिशोर राठीले समुद्रपारबाट पैठारी गरेको तोरी पनि सिलबन्दी कन्टेनरबाट चोरी भएको पत्ता लागेको थियो ।