BIZMANDU
www.bizmandu.com

एक महिनामै एनसीसी बैंकको साढे ६ लाख कित्ता शेयर कारोबार, एनसीसीमा किन एकाएक आकर्षण देखियो?

२०७५ फागुन २९

एक महिनामै एनसीसी बैंकको साढे ६ लाख कित्ता शेयर कारोबार, एनसीसीमा किन एकाएक आकर्षण देखियो?
एक महिनामै एनसीसी बैंकको साढे ६ लाख कित्ता शेयर कारोबार, एनसीसीमा किन एकाएक आकर्षण देखियो?



काठमाडौं। केही दिनदेखि नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी)बैंकको शेयर कारोबार धेरै हुन थालेको छ। राष्ट्र बैंकको निर्देशन अनुसार पूँजी जुटाउने अन्तिम प्रयत्नमा रहेको बैंकले १४ प्रतिशत भन्दा माथिको बोनस शेयर दिने आधारमै शेयर कारोबार बढी हुने गरेको हो।

Tata
GBIME
Nepal Life

दोस्रो बजारमा विगत एक महिनाको अवधीको कारोबारलाई हेर्ने हो भने सबैभन्दा धेरै कारोबार हुने १० कम्पनीभित्र एनसीसी परेको छ। एक महिना भित्रमा बैंकको ६ लाख ५४ हजार कित्ताको कारोबार भएको छ। पछिल्लो एक हप्तादेखि अधिकतम कारोबार हुने सूचीमा पर्दै आएको छ। बुधबार भैरहेको कारोबारमा क्रेतातर्फ ५० हजार ५२२ कित्ताको लागि माग रहेको छ भने बिक्रेतातर्फ ५१ हजार कित्ता भन्दा माथि छ।

शेयर बजार तीन वर्ष यताकै न्यून सूचक ११०० विन्दुमा रहदा २०२ रुपैयाँ थियो। साथै पछिल्ला दिनमा दोहोरो अंकले बजार बढ्दा बजार मूल्य २१७ रुपैयाँ सम्म पुग्यो। दोस्रो बजारमा एकै पटकको कारोबारमा दुई हजार कित्ता भन्दा माथिको कारोबार भैरहेको छ।  बैंकको हालको चुक्ता पूँजी ७ अर्ब एक करोड रुपैयाँ रहेको छ। ८ अर्ब रुपैयाँ पुर्याउन न्यूनतम पनि एक अर्ब रुपैयाँ बोनस शेयर दिनु पर्ने हुन्छ। दोस्रो त्रैमासिक अवधिसम्ममा बैंकको जगेडा कोषमा ४ अर्ब १७ करोड रुपैयाँ रहेको छ। नाफामा उल्लेख्य सुधार गरेको बैंकको प्रतिशेयर आम्दानी पनि २१ रुपैयाँ छ।

बाणिज्य बैंकहरु मध्ये सिभिल बैंक र कुमारी बैंकले न्यूनतम ८ अर्ब रुपैयाँ जुटाउन बाँकी छ। अधिकांश बैंक तथा वित्तीय संस्थाले न्यूनतम चुक्ता पूँजी जुटाइसकेको हुँदा बोनस शेयरको आशामा एनसिसी बैंकको कारोबार अधिकतम हुँदै आएको हो। बोनस शेयर र हकप्रद शेयरको सूचनाले कम्पनीहरुको कारोबार अधिकतम हुने गरेको छ। यस्तो समयमा ट्रेडर र लगानीकर्ता दुबै हावी हुन्छन्। ट्रेडरले पनि बढिरेको मूल्यबाट लाभ लिन कारोबार बढाइरहेका हुन्छन् भने लगानीकर्ताले बोनस वा हकप्रदमार्फत शेयर बढाउन लगानी गरिरहेका हुन्छन्।