BIZMANDU
www.bizmandu.com

टोयोटाको नयाँ एसयुभी ‘रश’को हिमाली भेगमा एडभेन्चर टुर, १० तस्विरमा हेर्नुस् रशको मुस्ताङ यात्रा

२०७५ फागुन २९

टोयोटाको नयाँ एसयुभी ‘रश’को हिमाली भेगमा एडभेन्चर टुर, १० तस्विरमा हेर्नुस्  रशको मुस्ताङ यात्रा
टोयोटाको नयाँ एसयुभी ‘रश’को हिमाली भेगमा एडभेन्चर टुर, १० तस्विरमा हेर्नुस् रशको मुस्ताङ यात्रा


काठमाडौं। नेपालमा टोयोटा गाडीको अधिकृत विक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेटले पछिल्लो पटक सार्वजनिक गरेको एसयुभी रशले हिमाली भेगको साहसिक यात्रा सम्पन्न गरेको छ।

Tata
GBIME
Nepal Life

जोखिमपूर्ण सडक मानिने बेनी मुस्ताङ सडक खण्डमा टोयोटा 'रश'को साहसिक यात्रासँगै सफल परीक्षण भएको कम्पनीले जनाएको छ।

यात्राका क्रममा रशले जम्मा आठ सय ९५ मिलोमीटर यात्रा तय गरेको कम्पनीका विक्री तथा बजार प्रवन्धक विवेक बहादुर बलामीले बताए।
यात्राका क्रममा रशले बेनी-जोमसोम-दुम्बा ताल एक सय ८५ किलोमीटर दुरीको अफ रोडमा गुडेको छ भने कागबेनी- मुक्तिनाथतर्फ हिउँसहितको सडकखण्ड 'स्नोक्याप्ड रोड' मा १२ किलोमीटर गुडेको बताइएको छ।

१५ सय सिसिको रशको इन्धन क्षमता ४५ लिटरको छ भने ग्राउण्ड क्लियरेन्स दुई सय २० मिलीमीटर रहेको छ। पेट्रोल भेरियन्टको यो गाडीले छ दिनको लामो साहसीक यात्रमा झण्डै ५६ लिटर पेट्रोल खपत गरेको कम्पनीले जानकारी दिएको छ।


कम्पनीका अनुसार 'रश'ले अफ रोडमा प्रतिलिटर १२ किलोमीटर माइलेज दिएको छ भने अन्य सडकखण्डमा १६ किलोमीटर प्रति लिटर  माइलेज दिएको कम्पनीले दावी गरेको छ।

'पछिल्लो समयमा नेपालमा सार्वजनिक गरिएको 'रस'को क्षमता परीक्षणका लागि हामीले यो सडकमार्ग प्रयोग गरेका हौँ। यो यात्र मार्फत सर्वसाधरण माझ 'रश' को क्षमतासम्वन्धी जानकारी दिनु नै हाम्रो उद्देश्य थियो।' बलामीले भने।

टु व्हिलर गाडी रशलाई व्यावसायिक र निजी प्रयोजनका लागि हिमाली क्षेत्रमा पनि सजिलै गुडाउन सकिने यो परीक्षण यात्रापछि प्रमाणित भएको कम्पनीले जनाएको छ।

१.५ लिटरको फोर सिलिन्डर पेट्रोल इन्जिनयुक्त यो गाडीमा १०५ एचपी पावर र १४० एनएम टर्क क्षमता रहेको छ। फाइभ–स्पिड म्यानुअल र फोर–स्पिड अटोमेटिक ट्रान्समिसनयुक्त यो गाडीमा एलइडी हेडलाइट, एलोइ व्हिल, चंकी फ्रन्ट बम्पर ,क्रोम स्लट,  एलईडी डीआरएल लगायतका अत्याधुनिक उपकरण जडान गरिएको कम्पनीले बताएको छ।

सात महिना अघि सार्वजनिक गरिएको गाडीमा प्रविधीलाई मध्यनजर गर्दै ८ इन्चको टच स्क्रिन इन्फोटेनमेन्ट सिस्टम जडान गरिएको छ।
पुस बटन स्टार्ट जडान गरिएको सात जना सजिलै अट्न सक्ने गाडीमा ग्राहकको सुरक्षालाई मध्यनजर गर्दै ६ वटा एयरब्याग जडान गरिएको छ।

स्पोर्ट युटिलीटी भेहिकल(एसयुभी) मोडलमा रहेको यो गाडीमा सेवाग्राहीले एन्टिलक ब्रेकिङ सिस्टम, हिल एसिस्ट, स्ट्याबिलिटी कन्ट्रोल लगायतको अत्याधुनिक सुविधा प्रयोग गर्न सक्नेछन्।

ग्राहकले चारवटा मोडल (रश एमटी मीड, एटी मीड, एमटी हाइट र एटी हाइट) मा उपलब्ध रहेको रश नेपाली बजार मूल्य न्यूनतम ६१ लाख ९० हजार रुपैयाँ देखि ७५ लाख ५० हजार रुपैयाँमा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।