BIZMANDU
www.bizmandu.com

विजयश्री स्टीलले गरायो तीन अर्ब ७४ करोड रुपैयाँको ऋणको रेटिङ, मध्यम किसिमको जोखिम

२०७५ फागुन ३०

विजयश्री स्टीलले गरायो तीन अर्ब ७४ करोड रुपैयाँको ऋणको रेटिङ, मध्यम किसिमको जोखिम
विजयश्री स्टीलले गरायो तीन अर्ब ७४ करोड रुपैयाँको ऋणको रेटिङ, मध्यम किसिमको जोखिम


काठमाडौं। व्यवसायिक उत्पादनसँगै विजयश्री स्टीलले तीन अर्ब ७४ करोड रुपैयाँको ऋणको रेटिङ गराएको छ। कम्पनीले अल्पकालिन तथा दीर्घकालिन ऋणको नवीकरण गर्न रेटिङ गराएको हो।

Tata
GBIME
Nepal Life

आयोजना निर्माणका लागि लिएको दीर्घकालिन ऋण तर्फ कम्पनीले मध्यम किसिमको जोखिम जनाउने 'केयर एनपि डवल वि' प्राप्त गरेको छ।अल्पकालिन तर्फको ऋणका लागि भने एकदमै कम सुरक्षाको संकेत गर्ने 'केयर एनपि ए फोर' प्राप्त गरेको छ। कम्पनीले ५४ करोड २२ लाख रुपैयाँको अल्पकालिन ऋणको रेटिङ गरेको छ भने तीन अर्ब २० करोड रुपैयाँको दीर्घकालिन ऋणको लागि रेटिङ गराएको छ।

कम्पनीले उक्त ऋण लिसकेको छ। नेपाल राष्ट्र बैंकले ५० करोड रुपैयाँ भन्दा माथिको ऋणका लागि वार्षिक रुपमा रेटिङ गर्नै पर्ने बाध्यात्मक नियम बनाए पछि कम्पनीहरुले लिइसकेको ऋणका लागि पनि रेटिङ गराइरहेका छन्। कम्पनीले गत मंसिरबाट टिएमटी स्टिल बार म्यानुफ्याक्चरिङ प्रोजेक्ट निर्माण गरेर व्यावसायिक उत्पादन सुरु गरेको थियो। आयोजनाको निर्माण कार्यमा ढिलाइ हुँदा आयोजनाको अनुमानित लागत ७७ करोड ४६ लाख रुपैयाँबाट बढेर ९० करोड १४ लाख रुपैयाँ लागेको हो। 

भर्खरै व्यावसायिक उत्पादन सुरु गरेको र नेपालमा स्टीलको व्यवासायमा धेरै नै प्रतिस्पर्धा रहेको हुँदा कमजोर रेटिङ आएको हो। बैंकको उच्च व्याजदरका कारणले यस्ता उद्योगलाई समस्या पर्दै आएको छ। अझ तरलताको अभावले व्याजदरमा अस्थिर हुँदा व्यावसायिक योजना नै परिवर्तन गर्नुपर्ने अवस्था आएको हो।

कम्पनीले विदेशबाट कच्चा पदार्थ आयात गर्नु पर्ने साथै त्यसमा आउने मूल्यको उचार चढावलाई पनि रेटिङ एजेन्सीले गणना गरेको छ। कच्चा पदार्थको मूल्यलाई अमेरिकी डलरको उतार चढावले प्रभाव पार्ने हुँदा यसको प्रत्यक्ष असर लागतमा पर्न जान्छ। नेपालमा ३० वर्ष भन्दा लामो अनुभव भएको विजय ग्रुप अफ कम्पनीले उद्योगको प्रवर्द्धन गरेको छ।

यो समुह सुरुमा भारतबाट सिमेन्ट आयात गर्ने काम गर्थ्यो। सिमेन्ट आयात गर्ने क्रममा यो समुहले सिमेन्ट प्लान्ट स्थापना गरेको थियो। यो ग्रुपको हाल विजय सिमेन्ट प्राइभेट लिमिटेड रहेको छ।यस ग्रुपको हाल ४०० भन्दा धेरै डिलरहरु रहेका छन्।

देशमा विकास निर्माणको कार्य द्रुत गतिमा अगाडि बढेको हुँदा सिमेन्ट तथा डण्डीको व्यावसाय राम्रो रहेको रेटिङ एजेन्सीको अध्ययनले देखाएको छ। नेपालमा हाल २० लाख टन डण्डिको माग रहेको छ। नेपालको मागलाई नेपालकै उत्पादनले धानिरहेको छ। यो माग अवका केही वर्षमा थप १० प्रतिशतका दरले बढ्दै जाने अनुमान गरिएको छ। यो उद्योगले दैनिक ७०० मेट्रिक टन टिएमटी स्टील उत्पादन गर्न सक्छ।