BIZMANDU
www.bizmandu.com

ग्लोबल आइएमई बैंकको सामाजिक उत्तरदायित्व बहन, प्रदेश १ का चालक सहचालकलाई बाँड्यो पोशाक

२०७५ फागुन ३०


काठमाडौं। ग्लोबल आइएमई बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदेश नं. १ का सवारी चालक तथा परिचालकलाई पोशाक वितरण गरेको छ।

Tata
GBIME
Nepal Life

बैंकले ट्राफिक प्रहरी कार्यालयसँगको सहकार्यमा उक्तप्रदेशका सार्वजनिक सवारी साधनका चालक तथा परिचालकलाई सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत पाँचसय थान पोशाक बाँडेको जनाएको छ।

प्रदेश नं. १ अन्तर्गतका १४ वटै जिल्लाहरुमा संचालन हुने सार्वजनिक सवारी साधनका चालक तथा परिचालकहरुले अनिवार्य पोशाक लगाउनुपर्ने व्यवस्थालाई सहयोग गर्नकालागि बैंकले न्यून आयस्तर भएका सवारी चालक तथा परिचालकहरुलाई पोशाकहरु वितरण गरेको बैंकले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ।

ग्लोबल आइएमई बैंकले ट्राफिक प्रहरीसँगको सहकार्यमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सवारी दुर्घटना न्यूनीकरण एवम् ट्राफिक व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउने उद्देश्यकालागि विभिन्न कार्यक्रहरुमा सहयोग गर्दै आएको जनाएको छ।

ग्लोबल आइएमई बैंकले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर बाढी, पहिरो, भुकम्पलगायतका विपतको समयमा सहयोग गर्दै आएको तथा जनचेतनामूलक कार्यक्रममा सघाउँदै आएको पनि बिज्ञप्तीमा जनाइएको छ।