BIZMANDU
www.bizmandu.com

त्रिशुली जलविद्युतको आइपिओ चैत ७ गतेदेखि, १० रुपैयाँका दरले १० हजार कित्तासम्म आवदेन दिन पाइने

२०७५ चैत्र १

त्रिशुली जलविद्युतको आइपिओ चैत ७ गतेदेखि, १० रुपैयाँका दरले १० हजार कित्तासम्म आवदेन दिन पाइने
त्रिशुली जलविद्युतको आइपिओ चैत ७ गतेदेखि, १० रुपैयाँका दरले १० हजार कित्तासम्म आवदेन दिन पाइने



काठमाडौं। जनताको जलविद्युत कार्यक्रम अन्तर्गतको त्रिशुली जलविद्युत कम्पनीले चैत्र ७ गतेदेखि प्राथमिक शेयर निष्काशन गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले प्रति कित्ता सय रुपैयाँको दरमा सर्वसाधारणको लागि छुट्टाएको ३७ लाख ५ हजार कित्ता मध्ये १० प्रतिशत अग्रिम रुपमा शेयर निष्काशन गर्ने भएको हो। जनताको जलविद्युत कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री केपीशर्मा ओलीले पहिलो शेयर आफूले किन्ने घोषणा गरेका थिए। प्रधानमन्त्री ओलीको घोषणासँगै धितोपत्र बोर्डले रातारात शेयर निष्काशन प्रकृयालाई सहजीकरण गरेको थियो भने विहिबार मात्रै क्रेडिट रेटिङ गर्नुपर्ने बाध्यात्मक व्यवस्थालाई फुकाएको थियो।

शेयरधनीहरुले हाललाई प्रति शेयर १० रुपैयाँको दरमा अग्रिम शेयर खरिद गर्न सक्ने छन्। बाँकी ९० रुपैयाँ कम्पनीले दोस्रो चरणमा निष्काशन गर्नेछ। हाल प्रति कित्ता १० रुपैयाँमा शेयर खरिद गर्नेले नै बाँकी ९० रुपैयाँको दरमा शेयर खरिद गर्ने सक्ने कम्पनीले जनाएको छ। सर्वसाधारणले प्रतिकित्ता १० रुपैयाँको दरमा न्यूनतम १०० कित्ता र अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने छन्।

कम्पनीले छिटोमा चैत्र १२ गते र पहिलो चरणमा बिक्री नभएमा ढिलोमा बैंशाख ६ गतेसम्म बिक्री खुला गर्ने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ। कम्पनीको जारी पूँजी दुई अर्ब ४७ करोड रुपैयाँ रहेको छ। अधिकृत पूँजीको १५ प्रतिशत अर्थात ३७ करोड ५ लाख रुपैयाँ सर्वसाधारणको लागि छुट्टाएको छ। सर्वसाधारणको लागि छुट्टाएको मध्ये तीन प्रतिशत अर्थात एक करोड ११ लाख १५ हजार रुपैयाँ कर्मचारीहरुको लागि सुरक्षित गरेको छ।

कर्मचारीहरुलाई दिएर बाँकी रहेको ३५ करोड ९३ लाख ८५ हजार रुपैयाँ सर्वसाधारणको लागि छुट्टाएको हो। सर्वसाधारणका लागि छुट्टाएको शेयर मध्येकै १० प्रतिशत अर्थात तीन करोड ७० लाख ५० हजार रुपैयाँ सर्वसाधारणको लागि निष्काशन गर्ने भएको हो। आवेदनका लागि आस्वा सुविधा प्रदान गर्ने सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट पाइनेछ। मेरो शेयरमा खाता हुनेले अनलाइन आवेदन दिन सक्ने छन्। 

यस्तो छ कम्पनीको अवस्था
सरकारले प्रवर्द्धन गरेको यो आयोजना नुवाकोट र रसुवा जिल्लाको सिमानामा छ। ३७ मेगावाट क्षमताको यो आयोजनको निर्माण २८.९ प्रतिशत सकिएको छ। आयोजनाको निर्माण लागत प्रतिमेगावाट २२ करोड २३ लाख रुपैयाँ पर्ने अनुमान गरिएको छ।

कम्पनीको लगानी फिर्ता हुने अवधि ७.९५ वर्ष रहेको छ। त्यस्तै डिस्काउन्टेड लगानी फिर्ता अवधि ११.८२ वर्ष रहेको छ। कम्पनीले प्रक्षेपण गरे अनुसार आर्थिक वर्ष २०७८/७९ बाट नाफामा देखिने छ। नाफामा देखिदा कम्पनीको प्रतिशेयर आम्दानी ११ रुपैयाँ हुने अनुमान गरेको छ। त्यस्तै आर्थिक वर्ष २०७९/८० मा प्रतिशेयर आम्दानी ३३ रुपैयाँ हुने कम्पनीले अनुमान गरेको छ।