BIZMANDU
www.bizmandu.com

६ हजार मेगावाट बढीका जलाशययुक्त जलविद्युत आयोजनाको धमाधम सर्वेक्षण हुँदै, यस्ता छन् आयोजना

२०७५ चैत्र १

६ हजार मेगावाट बढीका जलाशययुक्त जलविद्युत आयोजनाको धमाधम सर्वेक्षण हुँदै, यस्ता छन् आयोजना
६ हजार मेगावाट बढीका जलाशययुक्त जलविद्युत आयोजनाको धमाधम सर्वेक्षण हुँदै, यस्ता छन् आयोजना


काठमाडौं। नेपाल सरकार, नेपाल विद्युत प्राधिकरण, जलविद्युत लगानी तथा विकास कम्पनी (एचआईडिसिएल) र अन्य स्वतन्त्र कम्पनीले समेत गरि ६ हजार मेगावाट बढीका जलाशययुक्त जलविद्युत आयोजनाको सर्वेक्षण भइरहेको छ।

Tata
GBIME
Nepal Life

पछिल्लोपटक प्राधिकरण र जलविद्युत लगानी तथा विकास कम्पनीले ३ सय ५६ मेगावाट बराबरका दुईवटा जलाशययुक्त आयोजनाको सर्वेक्षण गर्ने भएका छन्।प्राधिकरणले दुई सय मेगावाटको खिम्ती शिवालय जलाशययुक्त जलविद्युत आयोजना र एचआईडिसिएलले १ सय ५६ मेगावाटको मादि जलाशययुक्त जलविद्युत आयोजनाको सर्वेक्षण गर्न विद्युत विकास विभागमा निवेदन दिएका छन्।

अहिले मुलुकभित्र कुलेखानी १ र २ गरि ९२ मेगावाट मात्रै जलाशययुक्त आयोजनाको विद्युत उत्पादन भइरहेको छ। निर्माणमा गएपनि काम सुरु नभएको १४० मेगावाटको तनहुँ जलविद्युत आयोजना दोस्रो जलाशययुक्त आयोजना हो। तनहुँको निर्माण सकिएपछि कम्तीमा २०८० भित्र नेपालमा दुई सय ३२ मेगावाट जलाशययुक्त आयोजनाको विद्युत उत्पादन हुने छ।

४५८० (५३४८) मेगावाटलाई सर्वेक्षण अनुमति
अहिले प्राधिकरण र अन्य कम्पनीले गरि चार हजार पाँच सय ८० मेगावाट बराबरका जलाशययुक्त जलविद्युत आयोजनाको सर्वेक्षण अनुमति लिएका छन्।

प्राधिकरणले दुई सय मेगावाटको तमोर ( सम्भावित ७६२ मेगावाट) जलविद्युत आयोजना, ८२८ मेगावाटको उत्तरगंगा जलविद्युत आयोजना, १८० मेगावाटको आँधीखोला जलविद्युत आयोजना, १५० मेगावाटको बेगनास रुपा जलविद्युत आयोजना  र ६०० मेगावाटको दुधकोशी (८०६ मेगावाट) जलविद्युत आयोजना गरि एक हजार नौ सय ५८ मेगावाट बराबरका जलाशययुक्त जलविद्युत आयोजनाको सर्वेक्षण अनुमति पाइसकेको छ।

२०० मेगावाटको मात्रै लाइसेन्स पाएको तमोरबाट भने ७६२ मेगावाट सम्म विद्युत उत्पादन गर्न सकिने सर्वेक्षणमा देखिएको छ। त्यस्तै ६०० मेगावाटको दुधकोशीबाट पनि ८०६ मेगावाट सम्म विद्युत उत्पादन गर्न सकिने अध्ययनको क्रममा देखिएको छ। बढी विद्युत उत्पादनको लागि विभागले अनुमति दिएमा विद्युत प्राधिकरणको क्षमता दुई हजार सात सय २६ मेगावाट हुने देखिन्छ।

त्यसैगरि नलगाड हाइड्रोपावर कम्पनीले ४१० मेगावाटको नलसिंङगाढ जलविद्युत आयोजना, विद्युत उत्पादन कम्पनीले १ हजार ९ सय २ मेगावाटको मुगु कर्णाली जलविद्युत आयोजना र यती वर्ल्ड इन्भेष्टमेन्ट प्रालीले ३१० मेगावाटको लाङटाङ खोला जलविद्युत आयोजना गरि थप दुई हजार छ सय २२ मेगावाट बराबरका जलविद्युत आयोजनाले सर्वेक्षण अनुमति पाइसकेका छन्।

सरकारले चार हजार पाँच सय ८० मेगावाटलाई सर्वेक्षण अनुमति दिएपनि सर्वेक्षणको क्रममा पाँच हजार तीन सय ४८ मेगावाट विद्युत उत्पादन हुने देखिएको हो।

सरकारकै ९२७ मेगावाट
सरकारले विभिन्न आयोजनाको सर्वेक्षण गरिरहेको छ। सरकारले १०० मेगावाटको माथिल्लो झिम्रुक जलविद्युत आयोजना, २७६ मेगावाटको सेती नदी ६ जलविद्युत आयोजना, ९३ मेगावाटको शारदा बबई जलविद्युत आयोजना, ३७७ मेगावाटको नौमुरे जलविद्युत आयोजना र ८१ मेगावाटको लोहारे नदी १ जलविद्युत आयोजना गरि ९२७ मेगावाट बराबरका जलाशययुक्त आयोजनाको अध्ययन गरिरहेको छ। यी आयोजना निर्माणको लागि भने पछि अन्य कम्पनीले अनुमति लिनुपर्छ।

चर्चामा रहेका बुढीगण्डकी र पश्चिम सेती
सरकारले १२०० मेगावाटको बुढीगण्डकी र ७५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजनाको पनि अध्ययन गरिसकेको छ।

यी दुई आयोजना अघि बढेमा थप एक हजार नौ सय ५० मेगावाट विद्युत उत्पादन गर्ने क्षमता राख्छन्। यी सबै जलाशययुक्त जलविद्युत आयोजनाको कुल क्षमता भने करिब नौ हजार मेगावाट हुने देखिन्छ।