BIZMANDU
www.bizmandu.com

माछापुच्छ्रे बैंकसहित टाइम्स र एएमभीबीच ‘रेमिटएप’ सम्झौता, १० हजार ठाउँबाट भुक्तानी

२०७५ चैत्र २५

काठमाडौं। माछापुच्छ्रे बैंक, टाइम्स रेमिट र एएमभी टेल कम्पनीबीच रेमिटेन्स सेवा सम्वन्धि समझदारी भएको छ। विदेशबाट रेमिटेन्स पठाउने नेपालीहरुका साथै बैंकका ग्राहकलगायत सम्पूर्णका लागि त्रिपक्षीय समझदारी भएको हो।

Tata
GBIME
Nepal Life

समझदारीसँगै 'रेमिटएप' सेवा सुरु भएको छ। यसबाट अनलाइन, मर्चेन्ट भुक्तानीलगायतका सेवा 'इन्डिकृप्टेड भर्चुअल मनि कार्ड' मार्फत गर्न सकिने बैंकले जनाएको छ। सोमबार पत्रकार सम्मेलन गरेर नयाँ सेवाका बारेमा जानकारी दिइएको हो।

अहिले रेमिटेन्स पठाउने माध्यमहरुबाट बढि समय र खर्च लाग्ने गरेको भन्दै यसबाट आफ्नो खाता वा वालेटमा एकैछिनमा पैसा आउने विज्ञप्तिमा उल्लेख छ। नेपालका १० हजार स्थानबाट रकम झिक्न सकिन्छ।

नयाँ सेवाबाट माछापुच्छ्रेका ग्राहक तथा अन्य सर्वसाधारणले लाभ लिनसक्ने विज्ञप्तिमा जनाइएको छ। यसमा स्थानीय रेमिटेन्स र बिल भुक्तानीको सुविधा पनि छ। बैंक खाताबाट वालेटमा र वालेटबाट बैंक खातामा रकम पठाउन सकिन्छ।