BIZMANDU
www.bizmandu.com

अब शेयर कारोबारको भुक्तानी घरबाटै: दुई सातापछि बैंक धाउनु नपर्ने, यसरी हुन्छ राफसाफ

२०७६ बैशाख ५

अब शेयर कारोबारको भुक्तानी घरबाटै: दुई सातापछि बैंक धाउनु नपर्ने, यसरी हुन्छ राफसाफ
अब शेयर कारोबारको भुक्तानी घरबाटै: दुई सातापछि बैंक धाउनु नपर्ने, यसरी हुन्छ राफसाफ

काठमाडौं। नेपाल स्टक एक्सचेन्जको अनलाइन प्रणालीबाट शेयर कारोबारका लागि ५० वटै ब्रोकर कार्यालय नेपाल क्लियरिङ हाउससँग जोडिएका छन्। सम्पुर्ण ब्रोकर कार्यालयहरु प्रणालीमा जोडिएसँगै अबको दुई हप्तामा पैसाको राफसाफ अनलाइन प्रणालीबाट हुने क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेसमानसिंह प्रधानले जानकारी दिए।

Tata
GBIME
Nepal Life

नेप्सेको मध्यस्थतामा सम्पुर्ण ब्रोकरहरु नेपाल क्लियरीङ हाउसको राफसाफ प्रणालीमा जोडिएको ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले जानकारी दिए। नेपाल क्लियरीङ हाउस, वाइको र नेप्सेले प्राविधिक कार्य सकेसँगै दोस्रो बजारका भएका सम्पुर्ण कारोबारको रकम लगानीकर्ताको बैंक खातामा स्वत जाने उनले बताए। 

क्लियरिङ हाउसले हाल ग्राहकको वाइ अर्डर अन्तर्गतको भुक्तानी प्रणालीका विषयमा काम गरिरहेको छ। यस प्रणाली अन्तर्गत लगानीकर्ताले शेयर खरिद गर्दा सम्बन्धित बैंकमा पैसा छ कि छैन थाहा पाउन सकिन्छ। यसका लागि नेप्सेका प्राविधिक र वाइकोका प्रभाविधिकहरुले प्रणाली विकास गर्ने तथा परिक्षण गर्ने काम गरिरहेका छन्। यो काम लगभग दुई हप्ता भित्रमा सकिने प्रधानले जानकारी दिए। भोलिका दिनमा कारोबार सुरु हुँदा समस्या नआओस भनेर चनाखो अपनाइएको उनले बताए। 

लगानीकर्ताले बिक्री अर्डर दिँदा बैंकसँग कसरी जोडिने भन्ने विषयमा काम हुने उनले बताए। यस प्रणालीको विकास भएसँगै लगानीकर्ताले बिक्री गरेको शेयरको पैसा आफ्नो खातामा आउनेछ। शेयर खरिद तथा बिक्री गर्दा प्राप्त हुने पैसा र भुक्तानी हुनु पर्ने पैसाको राफसाफ अनलाइन प्रणालीबाट भएसँगै अहिलेको प्रणाली पुर्ण हुनेछ। 

नेपाल क्लियरिङ हाउस मार्फत राफसाफ गर्दा कारोबार रकम हेरेर लगानीकर्ताहरुले प्रति कारोबार न्युनतम साढे दुई रुपैयाँदेखि १५ रुपैयाँसम्म भुक्तानी गर्नु पर्ने सहमति भएको प्रधानले जानकारी दिए। 

प्रणालीमा बैंकको इन्ट्रिगेसनसँगै लगानीकर्ताको सहभागिता ह्वात्तै बढ्न सक्ने रानाभाटले बताए। यस्तो व्यवस्था पुर्ण भएसँगै युजरनेम र पासवर्ड मार्फत लगानीकर्ताले घरमै बसेर शेयर खरिद बिक्री गर्न सक्ने छन्। उनीहरु शेयरको लागि ब्रोकर कार्यालय र पैसाको लागि बैंकमा पटक पटक धाउनु पर्दैन।