BIZMANDU
www.bizmandu.com

१० महिनाभित्र मुलुकभर नेपाल टेलिकमको फोरजी, साइट सर्भेको काम ६० प्रतिशत सकियो 

२०७६ बैशाख ५

१० महिनाभित्र मुलुकभर नेपाल टेलिकमको फोरजी, साइट सर्भेको काम ६० प्रतिशत सकियो 
१० महिनाभित्र मुलुकभर नेपाल टेलिकमको फोरजी, साइट सर्भेको काम ६० प्रतिशत सकियो 


काठमाडौं। नेपाल टेलिकमले आउँदो १० महिनामा मुलुकभर फोरजी सेवा विस्तार गर्ने भएको छ। फोरजी सेवा विस्तारका लागि कम्पनीले टेण्डरको काम सकेर हाल साइट सर्भेको काम ६० प्रतिशत सकिकसकेको जनाएको छ। 

Tata
GBIME
Nepal Life

फोरजी एलटिइ (लङ टर्म इभोलुसन) सेवा एक बर्षभित्र संचालनमा ल्याउनु कम्पनीको लागि चुनौतीको विषय रहेको प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन्। टेलिकमले बिहीबार पत्रकार सम्मेलन गर्दै कोर नेटवर्कको लागि चिनीयाँ कम्पनी जेडटिइ कर्पोरेशनसँग सम्झौता भएको बताइन्।
 
फोरजी एलटिइ संचालनकको लागि दुईवटा नेटवर्क बनाइएको टेलिकमले जनाएको छ। फोरजी एलटिइ आयोजनामार्फत मुलुकभर ६५ लाख जनाको पहुँचमा सजिलै पुग्ने टेलिकमले जनाएको छ। 

हाल अधिकतम डाटा स्पिड ३२ एमबिपिएस रहेकोमा टेलिकमले नयाँ परियोजनामार्फत क्षमता विस्तार गरी एक सय ३० एमबिपिएसको स्पिड दिन सक्ने छ। 

फोरजी एलटिइ नयाँ सम्झौता अनुसार काठमाडौं, पोखरा, नेपालगञ्ज र विराटनगरमा परिक्षण गर्ने योजना रहेको छ। फोरजी एलटिइको नयाँ आयोजनामा ६० प्रतिशत लागत उपकरणमा रहेको छ भने ४० प्रतिशत लागत उपकरण ढुवानी र जडानमा रहेको छ।