BIZMANDU
www.bizmandu.com

देवः विकास बैंकको लाभांस दर घट्यो, ५.५% बोनस शेयर दिने, पूँजी दुई अर्ब ६७ करोड पुग्ने

२०७६ बैशाख ६

काठमाडौं। देवः विकास बैंकले गत आर्थिक बर्षको नाफाबाट ५.५ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा स्वीकृतिको लागि पेश गर्नेछ। नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएसँगै आगामी साधारणसभामा प्रस्ताव लैजाने छ।

Tata
GBIME
Nepal Life

बैंकले प्रस्ताव गरेको बोनस शेयरपछि चुक्ता पूँजी दुई अर्ब ६७ करोड रुपैयाँ पुग्ने छ। हाल बैंकको चुक्ता पूँजी दुई अर्ब ५३ करोड रुपैयाँ छ। गत आर्थिक वर्षमा बैंकले २७ करोड ५३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। 

बैंकले अघिल्ला दुई वर्षमा पूँजी बृद्धिको लागि बोनस शेयर प्रदान गरेको थियो। आर्थिक वर्ष २०७३/७४ मा १७.१० प्रतिशत बोनस शेयर र आर्थिक वर्ष २०७२/७३ मा १३.८७ प्रतिशत बोनस शेयर प्रदान गरेको थियो। नेपाल राष्ट्र बैंकले राष्ट्रिय स्तरका विकास बैंकको चुक्ता पूँजी दुई अर्ब ५० करोड रुपैयाँ तोकेसँगै हकप्रद, बोनस शेयर र मर्जरबाट जुटाएको हो।