BIZMANDU
www.bizmandu.com

युनाइटेड सिमेन्टको नयाँ वर्ष अफर, पाँच ग्राम चाँदी तत्कालै, वम्पर उपहार कार

२०७६ बैशाख ६


काठमाडौं। युनाइटेड सिमेन्ट्सले बजार प्रवर्द्धनका लागि ग्राहकलाई कार उपहार दिने योजना ल्याएको छ। नयाँ वर्षको अवसर पारेर कम्पनीले युनाइटेड सिमेन्ट्सको उपहार सरर कार योजना ल्याएको हो।

Tata
GBIME
Nepal Life

कम्पनीका अनुसार यो योजना अन्तर्गत हरेक २५ बोरा यूनाइटेड सिमेन्ट्सको खरिदमा ग्राहकले स्क्र्याच कुपन पाउनेछन्। कुपन स्क्र्याच गरेर ग्राहकले कम्तीमा पनि ५ ग्राम चाँदी प्राप्त गर्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार  बढीमा १० देखि ५० ग्राम चाँदी तथा १ ग्राम देखि १ तोला सुन जित्ने मौका पाउने छन ।

कुपन स्क्र्याच गर्दा ५ ग्राम चाँदी परेमा खरिद गरेको पसलबाट तुरुन्तै प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार बम्पर लक्की ड्रबाट ५ जोडीले दुबई भ्रमण र एक जना भाग्यशालीले हुण्डाईको स्यान्ट्रो कार पाउनेछन्। कम्पनीले उच्च गुणस्तरको सिमेन्ट उत्पादन गर्दै आएको कम्पनीले ल्याएको यो उपहार नेपाली सिमेन्ट उद्योगकै ठूलो भएको दाबी गरेको छ।

ललितपुरको लेलेस्थित आफ्नै चुनढुङ्गा खानीबाट चुनढुङ्गा उत्खनन गरि सिमेन्ट तथा क्लिङ्गकर उत्पादन गर्दै आएको यूनाइटेडको फ्याक्ट्री धादिङ्गको नौबिसेमा रहेको छ ।