BIZMANDU
www.bizmandu.com

६ महिनादेखि एनएसीको बोइङ थन्कियो, बिक्रीका लागि पर्यटनमन्त्रालय र निगमबीच समन्वय अभाव

२०७६ बैशाख ६

काठमाडौं। पर्यटन मन्त्रालय र नेपाल वायुसेवा निगमबीच बोइङ बिक्रीमा सहमति जुट्न नसक्दा थन्किएर बसेको छ। निगमले ९ एनएसिवि कलसाइनको बोइङ ७५७ 'गण्डकी' बिक्रीका लागि पर्यटन मन्त्रालयको ग्रीन सिंग्नल कुरेर बसिरहेको छ।

Tata
GBIME
Nepal Life

तर पर्यटन मन्त्रालयले पहिलो बोइङ 'कर्णाली' बीबी एयरवेजलाई विक्री गर्दा कुनै समन्वय नगरेको भन्दै चुपचाप बसिरहेको छ।निगम स्रोतका अनुसार निगमले छ महिना अघिनै जहाज बिक्री गर्न मन्त्रालयमा ताकेता गरेपनि अहिलेसम्म कुनै सिंग्नल पाएको छैन। 'छ महिनादेखि हामीले बोइङ विक्री गर्ने/नगर्ने अध्ययन गर्यौँ। निगम संचालक समिति सदस्यले पनि  बोइङ उडान 'आर्थिक रुपमा संचालन गर्न सम्भव' नभएको निष्कर्षमा पुग्यौं। हामी मन्त्रालयको निर्णयको प्रतिक्षामा छौँ।' निगम स्रोतले भन्यो।

एक सय ९० सीट क्षमता रहेको यो जहाजले खरिद गरेको अवधिदेखि हालसम्म ८९ हजार घण्टा उडान भरिसकेको छ। बोइङ लङ हल रुटमा उडान भर्ने उद्धेश्यले सन् १९८८मा नेपाल ल्याइएको थियो।