BIZMANDU
www.bizmandu.com

शेष घलेको होटल शेराटन भ्रमण वर्षभित्रै संचालनमा ल्याउन चौविसै घण्टा काम


शेष घलेको होटल शेराटन भ्रमण वर्षभित्रै संचालनमा ल्याउन चौविसै घण्टा काम
शेष घलेको होटल शेराटन भ्रमण वर्षभित्रै संचालनमा ल्याउन चौविसै घण्टा काम

Tata
GBIME
Nepal Life

काठमाडौं। गैरआवासीय नेपाली शेष घलेको होटल शेराटन काठमाण्डू डेढ वर्षपछि संचालनमा आउने भएको छ।

भूकम्प र नाकाबन्दीका कारण यो होटल दुई वर्ष पछि धकेलियो।तर अहिले डेढ वर्षभित्रै संचालनमा ल्याउन झण्डै चार सय मजदुर चौविसै घण्टा काम गरिरहेका छन्।’१९ महिनाभित्र फूल फ्लेज्ड रुपमा होटल संचालनमा ल्याउन हामीले चौविसै घण्टा काम गरिरहेका छौं। हामी डेढलाइन भित्रै सुविधा सम्पन्न होटल शेराटन संचालनमा ल्याउनेछौं’काठमाडौं शेराटनको प्यारेन्ट कम्पनी एमआईटी ग्रुप होल्डिङ्ग नेपालका अपरेशन म्यानेजर सुरेश चित्रकारले बिजमाण्डूसँग भने,’होटेलको वाहिरी आवरण 'फेसेड' डिजाइनमा रहेको नेपालकै पहिलो होटल यही हुनेछ।‘

उनले भ्रमण वर्ष २०२०भित्रै होटल संचालनमा ल्याउन निर्माणको काम तीब्र गतिमा भइरहेको बताए। उनका अनुसार अक्टोबरभित्र स्ट्रक्चरल काम सकेर इन्टेरियर डिजाइनको काम सुरु हुनेछ।होटल डिजाइनको काम सिंगापुरको कम्पनीले गरेको छ भने निर्माण नेपाली कम्पनी टुण्डी कन्स्ट्रक्सनले गरिरहेको छ।

करिब १२ अर्ब भन्दा बढीको लागतमा निर्माणाधिन होटल संचालनमा आएपछि पाँच सय व्यक्तिले प्रत्यक्ष रोजगारी पाउने चित्रकारले बताए। 'शेराटन होटल संचालन हुँदा विश्व बजारमा समेत नेपालको ब्राण्डिङमा सहयोग पुग्छ। नेपाल आउने हाइइन्ड पर्यटकका लागि हस्पिटालिटीले पनि आकर्षण गर्न सहयोग पुग्छ।' उनले भने।

बेसमेन्ट बाहेक १७ तल्ला रहेको होटलमा दुई सय २० वटा कोठा रहने उनले बताए। शेराटन काठमाडौंका पुरै २ सय २५ कोठामा अल ह्वाइट शेराटन स्वीट स्लिपर बेड हुनेछन्। होटलमा चार वटा रेष्टुरेण्ट, स्पा, स्वीमिङ पुल, फिटनेश सेन्टर लगायतका सेवा हुनेछन् ।

होटलमा दुई हजार जना अट्ने क्षमताको ब्याङ्केट हल, दुईवटा सभा हल, तीनवटा बैठक हल, एउटा बोर्ड हल, इन्फिनिटिभ स्विमीङ पुल, रेष्टुरेण्ट, फिटनेस क्लब, स्पा लगायत अन्तर्राष्ट्रिय स्तरको सुविधा रहेको उनले बताए। उनका अनुसार शेराटनमा क्यासिनो भने राखिने छैन।

'पर्यटकका लागि अन्तर्राष्ट्रिय स्तरको सेवा सुविधा दिनु नै हाम्रो उद्धेश्य हो। होटलको सुविधा हेरेर हाइइन्ड टुरिष्ट आउँछन्।हामीले त्यही प्रिमियम क्लाशका पर्यटकलाई लक्षित गरेर होटल संचालनमा ल्याउन लागेका हौं,’ चित्रकारले भने।होटलको व्यवस्थापन स्टारवुडले लिनेछ।घलेले शेराटन ब्राण्डमा विश्वव्यापी चेन बनाएको स्टारवुड कम्पनीसँग साझेदारी गरिसकेका छन्।

शेराटन राजधानीको मुख्य केन्द्रमा कान्तिपथको यो होटल पुग्न विमानस्थलबाट ४० मिनेट लाग्छ। पर्यटकको लोकप्रिय हव ठमेल, दूतावास, बैंक, कर्पोरेट कार्यालय र नारायणहिटी म्युजियमले जोडिएको प्राइम लोकेशनमा होटल निर्माणाधीन छ।