BIZMANDU
www.bizmandu.com

शताब्दी पुरुष सत्यमोहन जोशीलाई महालक्ष्मी विकास बैंकको अभिनन्दन, २५औं वार्षिकोत्सव मनाउँदै

२०७६ जेठ ७

Tata
GBIME
Nepal Life

काठमाडौं। महालक्ष्मी विकास बैंकले २५औ वार्षिकोत्सवका अवसरमा शताव्दी पुरुष सत्यमोहन जोशीलाई अभिनन्दन गरेको छ। बैंकले २४ वर्ष पुरा गरेर २५औं बर्ष प्रवेशको अवसरमा एक लाख नगद सहित मंगलबार शताव्दी पुरुष जोशीलाई सम्मान गरेको हो।

बैंकले रजत जयन्ती मनाउने क्रममा ऐतिहासिक व्यक्तित्वलाई सम्मान गरिएको बैंककका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले बताए। बैंकले २५औं बर्ष पुरा गरेको अवसरमा जोशीलाई पाटनमै गएर अभिनन्दन गरिने बैंकका संञ्चालक अध्यक्ष राजेश उपाध्यायले घोषणा गरे। 

बैंकले बार्षिकोत्सको अवसरमा मंगलबार बिहान प्रभातफेरी आयोजना गरेको थियो। बैंकले उपत्यका भित्रका १८ वटा शाखा कार्यलयका कर्मचारी सहित दरवारमार्गत, शहिदगेट, न्युरोड, बसन्तपुर हुँदै पुनः दरवारमार्गमा आएर टुङ्गाएको थियो। 

यसै अवसरमा बैंकले दरवारमार्गको महानगरीय प्रहरी बृत्तमा ६० वटा फ्लोरोसेन्ट ज्याकेट वितरण गरेको थियो। बैंकले उपत्यका बाहिरका मुख्य कार्यालयहरु वीरगञ्ज, हेटौडा, भैरहवा लगायतका शाखा कार्यालयहरुमा साधारण स्वास्थ परिक्षण, अनाथालयमा सहयोग लगायतका कार्यक्रम गरेर मनाएको छ। 

बैंकले २५ बर्षको अवधिमा १०२ वटा शाखा कार्यलय तथा ८०० भन्दा धेरै कर्मचारीहरुबाट बैंकिङ सेवा प्रदान गरिरहेको लामिछानेले जानकारि दिए। अभिन्दनको क्रममा जोशीले महालक्ष्मीलाई शक्तिको रुपमा व्याख्या गर्दै आफ्नो शक्ति देश र जनताको सेवामा सपर्पित गर्न आग्रह गरे।