BIZMANDU
www.bizmandu.com

सनराइज बैंकको गठ्ठाघरमा नयाँ शाखा, देशभर सञ्जाल १०६ पुग्यो

२०७६ जेठ ८

सनराइज बैंकको गठ्ठाघरमा नयाँ शाखा, देशभर सञ्जाल १०६ पुग्यो
सनराइज बैंकको गठ्ठाघरमा नयाँ शाखा, देशभर सञ्जाल १०६ पुग्यो

Tata
GBIME
Nepal Life

काठमाडौं। सन्राइज बैंकले भक्तपुरस्थित गठ्ठाघरको चारदोबाटोमा शाखा खोलेको छ। बुधबार आयोजित औपचारिक कार्यक्रममा नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौला, बैकका संचालक दिपक नेपाल र बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले संयुक्त रmपमा शाखाको उद्घाटन गरेका छन्। 

कार्यक्रममा बैंकका नायव महाप्रबन्धक अपछकुमार यादवलगायत बैंकका उच्च पदाधिकारीहरmको उपस्थिति रहेको थियो।

यो समेत गरी बैंकको शाखा संख्या १०६ वटा पुगेको छ। साथै बैंकले नेपालभर २९ वटा शाखारहित बैंकिङ सेवा इकाइ, ४ वटा एक्सटेन्सन काउण्टर, १२१ वटा एटिएम छन्।