BIZMANDU
www.bizmandu.com

आइपिओमै नगइ साधना र आर्थिक समृद्धि लघुवित्त मर्जरमा, सारथि र सत्यवति पनि गाभिँदै

२०७६ जेठ १०

आइपिओमै नगइ साधना र आर्थिक समृद्धि लघुवित्त मर्जरमा, सारथि र सत्यवति पनि गाभिँदै
आइपिओमै नगइ साधना र आर्थिक समृद्धि लघुवित्त मर्जरमा, सारथि र सत्यवति पनि गाभिँदै

Tata
GBIME
Nepal Life

काठमाडौं। प्राथमिक शेयर निष्काशन गर्नु अगावै दुई लघुवित्त वित्तीय संस्था मर्जरमा जाने भएका छन्। साधना लघुवित्त वित्तीय संस्था र आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने भएका छन्। 

यसैगरी सारथि लघुवित वितीय संस्था र सत्यवती लघुवित वितीय संस्था पनि गाभिने भएको छ। 

एकआपसमा गाभिने प्रयोजनका लागि साधना र आर्थिक समृद्धिले जेठ २५ गते छुट्टाछुट्टै विशेष साधारणसभा बोलाएका छन्। साधनाले विशेष साधारणसभा गोरखामा र आर्थिक समृद्धिले तनहुँमा बोलाएका हुन्। 

दुबै संस्था बराबरी हैसियतमा गाभिने भएका छन्। दुई संस्था एकआपसमा गाभिएसँगै कु चुक्ता पूँजी ७ करोड ९६ लाख रुपैयाँ पुग्नेछ। हाल साधनाको चार करोड ९० लाख रुपैयाँ चुक्ता पूँजी छ भने आर्थिक समृद्धिको तीन करोड ६ लाख रुपैयाँ रहेको छ। दुबै संस्थाले २०७४ बाट वित्तीय सेवा सञ्चालन गर्दै आएका हुन्। 

साधनाको केन्द्रिय कार्यालय गोरखामा रहेको छ भने आर्थिक समृद्धिको तनहुँमा छ। मर्ज भएसँगै शाखा कार्यालय ३९ वटा पुग्नेछ। तुलनात्मक रुपमा आर्थिक समृद्धिको वित्तीय अवस्था कमजोर रहेको छ। 

दुई संस्था गाभिए सँगै सर्वसाधारणबाट उठाएको निक्षेप २१ करोड ९६ लाख रुपैयाँ पुग्नेछ भने ऋण लगानी एक अर्ब दुई करोड रुपैयाँ पुग्नेछ। 

दुई संस्था गाभिए पछिको अवस्था 

विवरण(रु.०००)

साधना लघुवित्त

आर्थिक समृद्धि लघुवित्त

जम्मा

चुक्ता पूँजी

49000

30625

79625

जगेडा कोष

11460

-5803

5657

निक्षेप

168189

51471

219660

ऋण लगानी

815336

210733

1026069

शाखा कार्यालय

26

14

39

नाफा

11416

-2107

 

स्थापना

२०७४ कात्तिक

२०७४ साउन

 

प्रमुख कार्यकारी अधिकृत

रेशम न्यौपाने

लक्ष्मीश्वर देवकोटा (ACEO)

 

अध्यक्ष

कृष्णबहादुर थापा

डा. एकनारायण चपागाईं

 

केन्द्रिय कार्यालय

गोरखा

तनहुँ