BIZMANDU
www.bizmandu.com

जापान – अमेरिका पठाइदिन्छु भन्दै करोडौं ठग्ने गुरुङ नेपाल ल्याइयो, आजै सार्वजनिक गर्दै प्रहरी

२०७६ जेठ ११

          

Tata
GBIME
Nepal Life

काठमाडौं। वैदेशिक रोजगारीको लागि विदेश पठाइदिने भन्दै करोडौं रुपैयाँ ठगी गरेर फरार रहेका एक जनालाई प्रहरीले विदेशबाट पक्राउ गरी ल्याएको छ।

नेपाल प्रहरीको इन्टरपोल शाखाले पर्शुराम गुरुङलाई नेपाल ल्याएको हो। उनीविरुद्ध प्रहरीले २०७२ असार २९ मा डिफ्युजन नोटिससमेत जारी गरेको थियो। गुरुङले अमेरिका, जापान,  दुबईलगायत मुलुकमा पठाइदिने भन्दै करौडौं रुपैयाँ ठगी गरी बैंककमा बस्दै आएका थिए। गुरुङ गत चैतमा बैंककमा पक्राउ परेका थिए। 'सबै कागजपत्र मिलाएर हामीले गुरुङलाई नेपाल ल्याइसकेका छौं,' इन्टरपोल शाखाका प्रमुख उमेशराज जोशीले भने।

प्रहरीका अनुसार गुरुङविरुद्ध ५० जना भन्दा बढीको उजुरी परेको छ। पाँच करोड रुपैयाँ भन्दा बढी ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। प्रहरीले आज गुरुङलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने जनाएको छ।