BIZMANDU
www.bizmandu.com

एनआईसी एशियामा प्लस टु र व्याचलर सकेका ४ सयलाई जागिर, अनुभव नभएकाले पनि काम पाउने

२०७६ असार ६

एनआईसी एशियामा प्लस टु र व्याचलर सकेका ४ सयलाई जागिर, अनुभव नभएकाले पनि काम पाउने
एनआईसी एशियामा प्लस टु र व्याचलर सकेका ४ सयलाई जागिर, अनुभव नभएकाले पनि काम पाउने


काठमाडौं। एनआईसी एशिया बैंकले एकै पटक ४०० जना कर्मचारी माग गरेको छ। बैंकले उपत्यकाभित्रका शाखा कार्यालयका लागि ५० जना शाखा प्रबन्धकको लागि विज्ञापन खुला गरेको छ।

Tata
GBIME
Nepal Life

यस पदका लागि स्नातकोत्तर गरी कम्तिमा पनि १० वर्षको कार्यानुभव हुनु पर्ने बैंकले जनाएको छ।

त्यस्तै रिलेसनसिप म्यानेजर पदका लागि ५० जना कर्मचारी माग गरिएको छ। यस पदका लागि स्नातकोत्तर गरी बैंकिङ क्षेत्रमा कम्तिमा पनि ५ वर्षको अनुभव आवश्यक पर्नेछ। २१ वर्षदेखि ४० वर्ष उमेर समुहकाले मात्रै आवेदन दिन पाउने बताइएको छ।

सर्भिस म्यानेजर पदका लागि १०० जना कर्मचारी आह्वान गरिएको छ। सर्भिस म्यानेजरका लागि पनि स्नातकोत्तर गरी सम्बन्धित क्षेत्रमा तीन वर्षको कार्यानुभव हुनु पर्छ। यस पदमा १८ वर्षदेखि ३५ वर्ष उमेर समुहकाले मात्रै आवदेन दिन सक्ने छन्।

बैंकले प्लस टु तथा व्याचलर सकेका तर अनुभव नभएकाहरुले पनि आवदेन दिन मिल्ने गरि हस्पिटालिटी सर्भिसमा २०० जना कर्मचारी माग गरेको छ। मार्केटिङ, कस्टमर सर्भिस, हेल्प डेक्सका लागि कर्मचारी माग गरिएको हो।

योग्यता पुगेकाहरुले असार २० गतेसम्ममा आवदेन दिन सक्ने छन्। बैंकको वेबसाइटमा गएर अनलाइन आवदेन दिन सक्ने बैंकले जनाएको छ।

एनआईसी एशिया पछिल्लो समय बाणिज्य बैंकमध्ये सबैभन्दा आक्रामक रुपमा प्रस्तुत हुँदै आएको छ। बाणिज्य बैंकमध्ये सबैभन्दा धेरै शाखा कार्यालय स्थापना गरेको छ।

व्यवसाय विस्तारका लागि शाखा विस्तार गरिरहेको बैंकले पछिल्लो समय ठूलो संख्यामा कर्मचारी नियुक्त गर्दै आएको छ।