BIZMANDU
www.bizmandu.com

वर्ल्ड लिंकले आयोजना गरेको मार्केटिङ एक्सिलेन्स प्रतियोगितामा तीन कलेज बिजयी

२०७६ असार २३

वर्ल्ड लिंकले आयोजना गरेको मार्केटिङ एक्सिलेन्स प्रतियोगितामा तीन कलेज बिजयी
वर्ल्ड लिंकले आयोजना गरेको मार्केटिङ एक्सिलेन्स प्रतियोगितामा तीन कलेज बिजयी


Tata
GBIME
Nepal Life

काठमाडौं। इन्टरनेट सर्भिस प्रोभाइडर वल्र्डलिंक कम्युनिकेसनसले युवा विद्यार्थी माझ रहेको सेल्स र मार्केटिङ सम्बन्धी ज्ञान, सीप र क्षमतालाई उजागर गर्ने प्रमुख लक्ष्यका साथ मार्केटिङ एक्सिलेन्स प्रतियोगिता अयोजना गरेको छ।
 
प्रतियोगितामा उपत्यका र उपत्यका बाहिरका २० वटा कलेजका स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत  विद्यार्थीले सहभागीता जनाएका थिए। सहभागी विद्यार्थीलाई सेल्स र मार्केटिङ लगायत विविध क्षेत्रमा ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्नको लागि मार्गदर्शकको भूमिका निर्वाह कम्पनीले गरेको थियो। 

विद्यार्थीहरुले अन्तरक्रियात्मक कार्यक्रमको माध्यमबाट व्यवसायको बारेमा सिक्ने र सफलताका कथाहरु मार्फत आफूमा प्रेरणा जागृत गराउने अवसर पाएका थिए। यति मात्र नभई विद्यार्थीहरुले विभिन्न विषय र क्षेत्रका विज्ञहरुबाट प्रतियोगिताका प्रत्येक शिर्षकमा सल्लाह र सुझाव हासिल गरेका थिए। प्रत्येक टीमलाई प्रतियोगिता अवधि भर गाइड गर्नको लागि गाइड निर्देशकको पनि प्रबन्ध मिलाइएको थियो।
 
प्रतियोगीहरुले प्रतियोगिता अवधिभर सेल्स र मार्केटिङ रणनीति निर्माण गर्नको लागि विभिन्न समयमा दुरसञ्चार एवम् आइटी कम्पनीहरुको भ्रमण गरेका थिए। अध्ययन अनुसन्धानबाट आएको निष्कर्षलाई प्रतियोगीहरुले आफ्नो प्रोजेक्टको रुपमा प्रस्तुत गर्नुपर्ने प्रमुखकार्य रहेको थियो। 

प्रतियोगितामार्फत विद्यार्थीहरुले सेल्स र मार्केटिङको क्षेत्रमा केही सिक्ने र सिकेका कुराहरुबाट रणनीतिहरु निर्माण गर्न सक्षम बन्ने अवसर प्राप्त गरेका थिए। यस प्रतियोगिताको समय अवधि जुन १ बाट शरु भई ३७ दिनसम्म रहेको थियो। सेमिफाइनल चरणको कार्यक्रम जुलाई ४ मा उत्कृष्ट ८ कलेजलाई चयनगरि सम्पन्न गरिएको थियो भने फाइनल चरणको कार्यक्रम आइतबार होटल हिमालयनमा सम्पन्न गरिएको थियो।
 प्रतियोगिताको बिजेता एस इन्टरनेशनल बिजनेस स्कूल भएको छ। प्रतियोगितामा उल्लेख गरिएका कार्यप्रति पूर्ण समर्पित भई कडा परिश्रमको साथ उत्कृष्ट रणनीतिहरु प्रस्तुत गरेबापत एस इन्टरनेशनल बिजनेस स्कूलले प्रथम स्थान हासिल गरेको हो। 

कलेजले प्रथम पुरस्कार स्वरुप २ लाख ५० हजार नगद प्राप्त गरेको छ। त्यस्तैगरी, जेनिथ इन्टरनेशनल कलेज र नेपाल कर्मश क्याम्पसले क्रमसः दोश्रो र तेश्रो स्थान हासिल गरेका थिए । उनीहरुले नगद १ लाख र ७५ हजार पुरस्कार प्राप्त गरेका थिए। 

प्रतियोगिताको सम्मानित एवम् निष्पक्ष निर्णायक मण्डलको भूमिकामा दिलिप अग्रवाल, बिन्दुनाथ लोहनी र प्रदीपराज पाण्डेको सहभागिता रहेको थियो।