BIZMANDU
www.bizmandu.com

नागरिक लगानी कोषको ८० प्रतिशत ऋण भुक्तानी कनेक्ट आइपिएसबाट, हिमालय बैंकसँग समझदारी

२०७६ असार २४

नागरिक लगानी कोषको ८० प्रतिशत ऋण भुक्तानी कनेक्ट आइपिएसबाट, हिमालय बैंकसँग समझदारी
नागरिक लगानी कोषको ८० प्रतिशत ऋण भुक्तानी कनेक्ट आइपिएसबाट, हिमालय बैंकसँग समझदारी


Tata
GBIME
Nepal Life

काठमाडौं। नागरिक लगानी कोषको कर्मचारी बचत बृद्धी अवकाश कोषको भुक्तानी गर्न हिमालयन बैंकमार्फत हुने भएको छ। ८० प्रतिशत कर्जा भुक्तानीलाई अनलाइन माध्यम मार्फत सहजीकरण गराउन नेपाल क्लियरिङ हाउसको कनेक्ट आइपिएस पेमेन्ट प्रणालीबाट  हुने भएको हो। 

सम्झौतामा नागरिक लगानी कोषका तर्फबाट कार्यकारी निर्देशक रमन नेपाल र बैंकका प्रमुख सञ्चालन अधिकृत मृगेन्द्र प्रधानले हस्ताक्षर गरेका छन्। हस्ताक्षर कार्यक्रममा नेपाल क्लियरिङ्ग हाउसका प्रमुख कार्यकारी अधिकृत निलेषमानसिंह प्रधान पनि उपस्थित थिए। 

सम्झौतापछि नागरिक लगानी कोष कर्माचारी बचत बृद्धी अवकाश कोषको ८० प्रतिशत कर्जा भुक्तानी कनेक्ट आइपिएसबाट सोझै हुने छ। यस प्रणालीमा आबद्ध ५० वटा  बैंकका खाताबाट भुक्तानी गर्न सकिने विज्ञप्तिमा उल्लेख छ। नागरिक लगानी कोषको कनेक्ट आइपिएस इपेमेन्ट प्रणालीबाट हुने भुक्तानी संकलन हिमालयन बैंकमा हुनेछ।

यसका लागि ऋृणीले कनेक्ट आइपिएस इपेमेन्ट प्रणालीमा आफूलाई आबद्ध गराई सदस्य बैंकमा रहेको खातालाई लिन्क तथा भेरिफाई गराई सजिलै भुक्तानी गर्न सक्नेछन्। ऋृणीले कनेन्ट आइपिएसमा गएर नागरिक लगानी कोष भुक्तानीलाई छनोट गरी मागिएको आवश्यक विवरण भरी सोझै आफ्नो बैंक खाताबाट भुक्तानी गर्न सक्नेछन्।