BIZMANDU
www.bizmandu.com

कांग्रेस नेता मोहन बस्नेतले भने-‘मेरो प्रणामी सहकारीमा खाता छैन, खाता नभएपछि पैसा हुने कुरै भएन’

२०७६ साउन २

कांग्रेस नेता मोहन बस्नेतले भने-‘मेरो प्रणामी सहकारीमा खाता छैन, खाता नभएपछि पैसा हुने कुरै भएन’
कांग्रेस नेता मोहन बस्नेतले भने-‘मेरो प्रणामी सहकारीमा खाता छैन, खाता नभएपछि पैसा हुने कुरै भएन’

Tata
GBIME
Nepal Life

काठमाडौं।नेपाली कांग्रेसका नेता तथा पूर्व संचारमन्त्री मोहनबहादुर बस्नेतले प्रणामी बचत तथा ऋण सहकारी संस्थामा आफ्नो नाममा कुनै खाता नरहेको जिकिर गरेका छन्।

‘त्यो सहकारी संस्थामा मेरो कुनैपनि खाता छैन। मेरो परिवारको नाममा समेत खाता छैन’,उनले बिजमाण्डूसँग भने,’खाता नभएपछि मेरो नाममा पैसा हुने कुरै भएन।’ उनले सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकका बारेमा सशक्त आवाज उठाइरहेको व्यक्ति भएको बताउँदै भने-‘लोकतान्त्रिक विधीमा विश्वास गर्ने व्यक्ति समेत हुँ। तर यस्ता विषयले सरकारको कदमलाई बल पुगेको छ।’

बस्नेतले आफू संचारमन्त्री हुँदा समेत मन्त्रालयलाई आर्थिक अनुशासनभित्र राख्न धेरै मेहेनत गरेको बताउँदै धेरै ठूला महत्वपूर्ण काम समेत गरेको दाबी गरे।‘समय छोटो थियो त यसैले धेरै काम गर्न पाईँन। तर जति काम गरे आर्थिक अनुशासनभित्र रहेर देशहितका लागि काम गरे’उनले भने,’त्यो बेलामा मैले कुनै विवादित निर्णय समेत गरेको थिईन्।’

प्रणामीका सिईओ भन्छन्-‘खाता छैन’

प्रणामी बचत तथा ऋण सहकारीका प्रमुख कार्यकारी अधिकृत दीपक बिक्रम थापाले पूर्वमन्त्री बस्नेतको नाममा कुनै खाता नरहेको र पैसा समेत नभएको बताए।

‘हाम्रो सहकारीमा उहाँ र उहाँको परिवारको खाता छैन,’उनले भने,’हाम्रो ब्यालेन्ससीटको आकारनै ६० करोड भन्दा कम छ भने कसरी त्यति ठूलो रकम हाम्रो खातामा हुन्छ?’ थापाले सहकारीका सिद्धान्तलाई आत्मसाथ गर्दै कारोबार गर्दै आएको बताउँदै त्यही विश्वासका कारण व्यवसायिकतामा समेत अब्बल रहेको जिकिर गरे।

‘सहकारीको सिद्धान्त अनुसार हामीले कारोबार गर्दै आएका छौं।वचतकर्ताको हकहितका लागि हामीले काम गर्दै आएका छौं’ थापाले भने,’हामी व्यवसायिकतालाई प्राथमिकतामा राख्छौं।’सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले बस्नेतको खातामा ठूलो रकम भेटिएको भन्दै अनुसन्धान थालेको थियो। बस्नेतको नाममा ठूलो रकम खातामा जम्मा भएपछि विभाग अलर्ट भएर अनुसन्धान तत्कालै थालेको थियो।