BIZMANDU
www.bizmandu.com

पूरानो बसपार्क कब्जा प्रकरण: आकाशे पुल बनाएका भेटवालको महानगर कनेक्सन

२०७६ भदौ १०

पूरानो बसपार्क कब्जा प्रकरण: आकाशे पुल बनाएका भेटवालको महानगर कनेक्सन
पूरानो बसपार्क कब्जा प्रकरण: आकाशे पुल बनाएका भेटवालको महानगर कनेक्सन


Tata
GBIME
Nepal Life

काठमाडौं। काठमाडौंमा आकाशे पुल बनाएका मनोज भेटवाल र काठमाडौं महानगरपालिकाका उच्च तहका कर्मचारीबीचको प्रगाढ सम्वन्धकै कारण पाँच वर्षअघि पूरानो बसपार्कमा व्यवसायिक भवन बनाएर ३० वर्ष संचालनको अनुमति पाए।

महानगरका कर्मचारीले आफ्नो व्यक्तिगत स्वार्थका आधारमा भेटवालको कम्पनीलाई बसपार्क सुम्पिए। काठमाडौंको केन्द्रमा रहेको यो बसपार्क उनले कसरी भाडामा पाए? पाँच वर्षअघि महानगरका कर्मचारीले सार्वजनिक निजी साझेदारीमा बसपार्कमा भ्यूटावर बनाउने योजना बुने।महानगरका कर्मचारीसँग राम्रो सम्वन्ध भएका भेटवालले भ्यूटावरको योजना बन्दै गर्दा जानकारी पाए।

भ्यूटावर बन्ने जानकारी पाउनेवित्तिकै भेटवालले जलेश्वर निर्माण कम्पनी दर्ता गरे।उनले दर्ता गरेको कम्पनीको कारोबार शुन्य थियो।त्यसपछि उनले स्वच्छन्द र विकोई विल्डर्ससँग जेभी बनाएर आवेदन दिए।यो संयुक्त कम्पनी बनाउनुको एउटै उदेश्य थियो-‘भ्यूटावर हात पार्नु।’कालिका कन्स्ट्रक्सनसहित ६ वटा कम्पनीलाई पछि पार्दै भेटवालको कम्पनीले भ्यूटावर बनाउन जिम्मा पायो।'

निजी क्षेत्रसँग धरहराको विकल्प हुने गरि २९ तलाको भ्युटावर बनाउन सम्झौंता गरिएको कम्पनी बसपार्कमा झुपडी हालेर लाख बटुल्न लागेबाट कस्तो कम्पनी हो भन्ने स्पष्ट देखिन्छ।नेपालका नाम कमाएका कम्पनीलाई पछि पार्दै भेटवालको कम्पनीलाई दिन महानगरका कर्मचारीनै सहभागी थिए।उनीहरुले आकाशे पुलमा गरेको मिलेमतोकै आधारमा भेटवाललाई अर्बौको प्रोजेक्ट सुम्पिएका थिए।त्यही कारण पाँच वर्षदेखि बसपार्क भेटवालको कब्जामा छ।

अस्थायी बसपार्क अझै भेटवालको हातमा

महानगरपालिकाले अस्थायी बसपार्कको व्यवस्थापनको जिम्मा भेटवालकै हातमा दिइएको छ। बार्षिक रुपमा ५० लाख रुपैयाँ महानगरपालिकालाई बुझाउने गरि त्यही कम्पनीलाई दिईएको महानगरपालिकाको सार्वजनिक निजी साझेदारी खरीद इकाइका प्रमुख ध्रुब काफ्लेले जानकारी दिए।उनका अनुसार भेटवालको कम्पनीले बससँग शुल्क उठाइरहेको छ।

भ्युटावर निर्माण गर्न सम्झौंता भएपछि महानगरपालिका र ट्राफिक प्रहरीका छलफल भयो। महानगरपालिकाले बसहरुलाई सीधै टुँडिखेल घुमाएर गन्तव्यमा पठाउन ट्राफिकसँग आग्रह गरेको थियो।ट्राफिक प्रहरीले बसपार्क नरहे अत्यधिक जाम हुने भन्दै व्यवस्थापन गर्न नसक्ने बताएपछि अस्थायी बसपार्क बनाउने योजना बन्यो।

खुल्लामञ्चमा अस्थायी बसपार्क संचालन गर्ने महानगरले तयारी थाल्यो।त्यही बेला महानगरको राजस्व विभागले अध्ययन गर्यो। पूरानो बसपार्कमा ११ जना कर्मचारी खटाएर वार्षिक ४६ लाख महानगरले प्राप्त गरेको भन्दै अध्ययन समितिले प्रतिवेदन दियो।त्यो प्रतिवेदन महानगरकै कर्मचारीको मिलेमतोमा बनाइएको थियो। भेटवालले अस्थायी बसपार्क जिम्मा दिए पचास लाख रुपैयाँ दिने जानकारी गराए।त्यसपछि भ्यूटावर सुम्पिने कर्मचारीलेनै भेट्वालको कम्पनीलाई अस्थायी बसपार्कको समेत जिम्मा दिने निर्णय गर्यो।

महानगरले नक्सा सहितको सम्झौंता पत्र तयार पार्यो।सम्झौंतापत्रमा अस्थायी बसपार्कमा एउटा औषधी पसल, एउटा क्यान्टिन, एउटा फलफुल पसल, दुईवटा शौचालय तीनवटा टहरा यात्रु प्रतिक्षालय एउटा प्रहरीका लागि कार्यालय छ।स्थानीय तहको निर्वाचनपछि भेटवालको कम्पनीलाई अस्थायी बसपार्क संचालनको जिम्मा नदिन दबाब सुरु भयो। तर यो लामो समय रहेन्।महानगरका मेयर विद्यासुन्दर शाक्यले पूरानै सम्झौंतापत्र अनुसारकै कम्पनीलाई अस्थायी बसपार्कको जिम्मा दिए।

 कसरी उठाउँछ पैसा ?

निर्माण कम्पनीले जमीनमुनीको संरचना बनाउन स्रोत नै जुटाउन नसकेका कारण ढिलाई भएको छ।महानगरका कर्मचारीसँगको मिलेमतोमा भ्यूटावर हत्याएका भेटवालले स्रोत नभएपछि तीन बर्षदेखि जमिनमुनीको कामै नसकेका हुन्।

महानगरले त्यो कम्पनीलाई जमीनमुनीको काम कम्पनीले  स्रोत जुटाउन सक्ने र माथिको संचरनाका लागि बैकले ऋण दिने भन्दै जिम्मा दिएका एक कर्मचारीले जानकारी दिए।भ्यूटावरको जिम्मा पाए लगत्तै उनी विभिन्न बैकिङ कसुरमा र मुद्धाहरुमा फसे। उनी र उनको कम्पनी कालोसूचीमा सिफारिस भयो। विभिन्न बैक चाहारे पनि उनलाई कसैले ऋण दिन मानेनन्। 

महानगरपालिका एक्सन नलिने मुडमा

बसपार्कको जग्गा कब्जा गरेर कामै अलपत्र पारिएको भएपनि महानगर तत्काल एक्सन लिने मुडमा देखिएको छैन्।एक प्रतिशत काम नहुँदा पनि महानगर चुपचाप छ। 

प्रवक्ता ईश्वरमान डंगोलले स्वतन्त्र विज्ञ गठन गरेर अध्ययन गराउने र प्राप्त प्रतिवेदन अनुसार मात्रै अघि बढ्ने बताउँछन्। ६ महिना अघि कमिटी गठन गर्ने भनिएपनि अहिलेसम्म भएको छैन्।