BIZMANDU
www.bizmandu.com

निक्षेपको ब्याज दर बढ्दा  पनि बैंकको आधार ब्याज दर घट्यो, अघिल्लो बर्षभन्दा ऋण थोरै सस्तो

२०७६ भदौ १७

निक्षेपको ब्याज दर बढ्दा  पनि बैंकको आधार ब्याज दर घट्यो, अघिल्लो बर्षभन्दा ऋण थोरै सस्तो
निक्षेपको ब्याज दर बढ्दा  पनि बैंकको आधार ब्याज दर घट्यो, अघिल्लो बर्षभन्दा ऋण थोरै सस्तो


Tata
GBIME
Nepal Life

काठमाडौं। बैंकहरुको आधार ब्याज दर घटेको छ। एक बर्षको अवधिमा आधार ब्याज दर १०.४७ प्रतिशतबाट घटेर ९.५७ प्रतिशतमा आएको हो।

राष्ट्र बैंकका अनुसार, गत बर्ष निक्षेपको औषत ब्याज दर ६.६ प्रतिशत कायम भएको छ। अघिल्लो बर्ष निक्षेपको ब्याज दर ६.४९ प्रतशित थियो। निक्षेपको ब्याज दर अघिल्लो बर्षभन्दा यसपाली थोरै बढेको छ। 

बैंकहरुले ऋणको ब्याज दर भने १२.४७ प्रतिशतबाट घटाएर १२.१३ प्रतिशत कायम गरेका छन्। बैंकहरुको अन्य लागत कम भएर आधार दर घटेका कारण ऋणको ब्याज कम भएको हो।

लगानीबाट बैंकहरुले आम्दानीबाट कमाएका कारण आधार दर कम भएको हो। ट्रेजरी बिलको भारित दर ३.७४ प्रतिशतबाट बढैर ४.९७ प्रतिशत पुगेको छ। अन्तरबैंक दर पनि २.९६ प्रतिशतबाट बढेर ४.५२ प्रतिशत पुगेको छ।