BIZMANDU
www.bizmandu.com

एलजीले ल्यायो आठ लाख रुपैयाँको टेलिभिजन, एलजी ओलेड टिभी किन अरु भन्दा पृथक छ?


एलजीले ल्यायो आठ लाख रुपैयाँको टेलिभिजन, एलजी ओलेड टिभी किन अरु भन्दा पृथक छ?
एलजीले ल्यायो आठ लाख रुपैयाँको टेलिभिजन, एलजी ओलेड टिभी किन अरु भन्दा पृथक छ?


Tata
GBIME
Nepal Life

काठमाडौं। सिजी इलेक्ट्रोनिक्सले हाइइण्ड एलजी ओलेड टेलिभिजन बिक्री सुरु गरेको छ।कम्पनीले सार्वजनिक गरेको अर्ग्यानिक लाइट एमिटिङ डायोड ‘ओलेड’ टेलिभिजनमा विश्वकै अत्याधुनिक प्रविधि जडान गरिएको जनाइएको छ।

६५ इन्च स्क्रिन र ४.३ एमएम मोटाई रहेको यो टेलिभिजनले विश्वभरनै राम्रो बजार हिस्सा ओगटेको छ। कम्पनीका अनुसार अत्याधुनिक प्रविधिले टिभीको ओजन र मोटाई तुलनात्मक रुपमा हलुका र पातलो छ।

प्रयोगकर्ताहरुलाई सहजता प्रदान गर्ने उद्धेश्यले टिभीमा गुगल एसिस्टेन्ट र एमेजोन एलेक्सा लगायतको सुविधा राखिएको कम्पनीले जनाएको छ।कम्पनीका अनुसार अल्फा ९ जेन २ प्रोसेसर मार्फत प्रयोगकर्ताले टेलिभिजनको हरेक गतिविधि स्वचालित रुपमा नियन्त्रण गर्न सक्छन्।

कम्पनीका अनुसार टिभीमा एक्युरेट कलर, भ्वाइस कमाण्ड, डल्बी एटमोस(अबजेक्ट बेस्ड साउण्ड), म्याजिक रिमोट(कम्प्युटरको माउस जस्तै रिमोट जसमार्फत सबै फंसन चलाउन मिल्ने) लगायतका सुविधा छन्।

टिभीमा विश्वकै परिचित भिजन-एटमोस समावेश गरिएको कारण प्रयोगकर्ताले घरमै बसी ठूला पर्दाको अनुभव लिन सक्ने कम्पनीले जनाएको छ।टेलिभिजनमा समावेश गरिएको नानोसेल प्रविधिले विस्तृत रंग छनोट गरी फराकिलो कोण प्रदान गर्ने कम्पनीले जनाएको छ। एक सय ७० डिग्रीमा बसेर हेर्दा पनि प्रयोगकर्ताले टेलिभिजनमा कुनै पनि कलर र दिशाको समस्या भोग्न नपर्ने कम्पनीले जनाएको छ।

टेलिभिजनमा नानो सेल (सानो फिल्टर) प्रयोग गरिएकोले रिजोलुसन निकै राम्रो रहेको कम्पनीको दाबी छ।टिभीमा समावेश गरिएको आपिएस फोर के डिस्प्लेमार्फत प्रयोगकर्ताले स्पष्ट र लाइभ भिडियोको अनुभव गर्न सक्ने कम्पनीले जनाएको छ। 'अहिले प्रविधि र परिवर्तन सुपथ मूल्यमा आइसकेको छ। यस्तो अत्याधुनिक प्रविधियुक्त टेलिभिजन नेपाली बजारमा ल्याउन पाउँदा हामी गौरवान्वित छौँ। ' चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले भने। 

टेलिभिजन हाइ इण्ड ग्राहक लक्षित रहेको कम्पनीका विक्री उपमहाप्रवन्धक पुरुषोत्तम भण्डारीले जानकारी दिए। 'मास'मा विक्री हुने उत्पादनको तुलनामा एलजीको ओलेड उत्पादनमा 'ग्रे' मार्केटको प्रभाव नपर्ने उनले बताए। 'ओलेड प्रविधि नेपालमा मात्र नभइ विश्वमै एलजी बाहेक अरु कसैसँग पनि छैन। यसले गर्दा ग्राहकले हाम्रो चार सय वटा आधिकारिक आउटलेटमा गएर बुझ्न सक्नुहुन्छ। यो मूल्यको हिसाबले महँगो छ तर चिजको हिसाबले निकै प्रभावकारी छ।' उनले भने।

उनका अनुसार ओलेड सिनाइनको नेपाली बजार मूल्य आठ लाख रुपैयाँ छ। ग्राहकले विभिन्न बैंकमार्फत किस्ताबन्दीमा यो टेलिभिजन किन्नसक्ने कम्पनीले जनाएको छ।