BIZMANDU
www.bizmandu.com

वीरगंजमा धमाधम मिनी मार्ट खुल्न थाले, एउटै छानोमुनि सबै सामान पाउँदा उपभोक्ता उत्साहित

२०७६ भदौ २०


वीरगंज। वीरगंजमा धमाधम साना डिपार्टमेन्टल स्टोर्स खुल्न थालेका छन् । यस्ता डिपार्टमेन्टल स्टोरका कारण उपभोक्ता तथा ग्राहकको सोच र व्यवहारमा समेत परिवर्तन आएको छ।

Tata
GBIME
Nepal Life

वीरगंजमा ६/७ वर्षअघि पहिलो व्यावसायिक डिर्पाटमेन्टल स्टोर्सको रुपमा आयुष मार्ट सञ्चालनमा आएको थियो ।

वीरगंजका व्यवसायी सुरेन्द्र कलवारले आफनै घर भएको एनसिसि बैंकको तल त्यो डिर्पाटमेन्टल स्टोर्स सञ्चालनमा ल्याएका थिए तर कारोबारमा घाटा लागेपछि उनले उक्त स्टोर बन्द गरे।

सोही ठाउमा वीरगंजका दुई महिलाहरुले सिटी मार्ट भन्ने व्यावसायिक डिपार्टमेन्टल स्टोर्स सञ्चालनमा ल्याएका छन् ।

करिब ९ पहिले ३१ लाखको संयुक्त लगानीमा सञ्चालनमा आएको सो मार्ट हालसम्मको वीरगंजको सबैभन्दा ठूलो मार्ट हो। ३१ लाखबाट ७० लाखको पुँजीमा पुगेको मार्टले ३ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ भने दैनिक ७० हजारको हाराहारीमा कारोबार गरिरहेको सिटीमार्टकी सञ्चालक प्रतिमा अधिकारीले बताइन् ।

७० प्रतिशत नेपाली र ३० प्रशित भारतीय ग्राहक आउने सिटीमार्टले थोक बिक्रेताको मूल्यामा दैनिक उपभोग्यको सामानसहित, कस्मेटिक्स, कोल्ड ड्रिंक्स, मदिरा, दुधदही, मखन, आइसक्रिमलगायतको सामान बेच्न थालेको अर्की सञ्चालक निशा श्रेष्ठ पन्तले जानकारी दिइन्। उनका अनुसार स्टोरले हाल दैनिक ५ सय ग्राहकलाई नियमित सामान बेचिरहेको छ ।

‘ग्राहकको सोचमा परिवर्तन आइसकेको छ,पसलको अगाडि घण्टौ उभिएर सामान किन्नु भन्दा घुम्दै रोजेर सामान किन्न चाहन्छन् ,’उनले भनिन्,‘अब सबैसंग समयको अभाव छ ,त्यसले मिनीमार्टमा सपिङ ट्रेन्ड बढेको हो ।’

गत भदौ ६ गतेदेखि रोशन सरावगीले पनि आदर्शनगरमा व्यावसायिक डिपार्टमेन्टल स्टोर्स सञ्चालनमा ल्याएका छन् । करिब २० लाखको लगानीमा हजुरबुवाहरुको नामबाट दिनानाथ पशुराम मिनी मार्ट नामले सञ्चालनमा आएको पसल बर्जर पेन्ट्सको पसल अगाडि छ ।

चार दशक पुराना फर्म दिनानाथ–पशुरामको पुरानो फर्म हालको हिमालयन बैंक नजिकै थियो। उक्त फर्म त्यसबेलाको चर्चित फर्म थियो। खाद्यान्नको आयात गरी बिक्री वितरण गर्दै आएका उनका नातीहरु हाल मार्टतर्फ आकर्षित भएका हुन् । हाल डिर्पाटमेन्टल स्टोर्स चलनमा आएपछि हजुरबुवाको पुरानै फर्मलाई जीवन्त तुल्याउन स्वर्गीय दिनानाथ सरावगीको नातीहरु यो पसल खोलेका हुन् । अर्का हजुरबुवा पशुराम सरावगी हाल जीवित छन् ।

त्यसैगरी,पहिले लिंक रोडमा सानो पसलमा सञ्चालनमा रहेको पतञ्जलीको पसलले पनि घण्टाघर टागा स्टैण्ड नजिक पतञ्जली आयुर्वेद प्रालिको नामले मिनी डिर्पाटमेन्टल स्टोर्स सञ्चालनमा ल्याएको छ ।

राजेश गुप्ताको लगानीमा उक्त मिनी मार्ट सञ्चालन भएको र हाल दैनिक करिब २ सय ग्राहकलाई सेवा दिइरहेको छ ।

उक्त पसलमा पतञ्जली ब्रान्डको मात्र समान पाइन्छ। चौथो मिनीमार्ट वीरगंजको नेशनल मेडिकल कलेजमा सञ्चालनमा छन् । कलेजको लगानीमा शुरु गरिएको मार्ट कलेजमा अध्ययनरत विद्यार्थी तथा कर्मचारीहरुको लागि मात्र उपयोगमा छ ।