BIZMANDU
www.bizmandu.com

पाइपलाइन उद्घाटनकै दिन घट्यो तेलको मूल्य,पेट्रोल,डिजल र मट्टितेलको मूल्य दुई रुपैयाँ घट्यो

२०७६ भदौ २४

पाइपलाइन उद्घाटनकै दिन घट्यो तेलको मूल्य,पेट्रोल,डिजल र मट्टितेलको मूल्य दुई रुपैयाँ घट्यो
पाइपलाइन उद्घाटनकै दिन घट्यो तेलको मूल्य,पेट्रोल,डिजल र मट्टितेलको मूल्य दुई रुपैयाँ घट्यो

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल आयल निगमले पेट्रोल,डिजल र मट्टितेलको मूल्य घटाएको छ। मंगलबारदेखि लागु हुने गरि यो तीन वटै वस्तुको मूल्य लिटरमा दुई रुपैयाँ घटाएको हो।नेपाल-भारत पेट्रोलियम पाइपलाइन उद्घाटनकै दिन निगमले तेलको मूल्य घटाएको हो।

अब काठमाडौंका उपभोक्ताले पेट्रोल लिटरको १ सय ७ रुपैयाँ कायम भएको छ भने डिजल र मट्टितेलको मूल्य लिटरको ९५ रुपैयाँ कायम भएको छ।निगमले खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ।

निगमका अनुसार झापा, विराटनगर, महेन्द्रनगर, वीरगंज, अमलेखगंज, भलवारी, नेपालगंज र धनगढीमा पेट्रोल १ सय ५ रुपैयाँ ५० पैसा र डिजल तथा मट्टितेल ९३ रुपैयाँ ५० पैसामा बिक्री हुनेछ। निगमका अनुसार दाङ र पोखरामा भने पेट्रोल १ सय ६ रुपैयाँ ५० पैसा र डिजल तथा मट्टितेल ९४ रुपैयाँ ५० पैसामा पाइनेछ।