BIZMANDU
www.bizmandu.com

फर्निचर तथा फर्निसिङ एक्सपो बुधबारबाट, उपराष्ट्रपतिले उद्घाटन गर्ने

२०७६ भदौ २४

फर्निचर तथा फर्निसिङ एक्सपो बुधबारबाट, उपराष्ट्रपतिले उद्घाटन गर्ने
फर्निचर तथा फर्निसिङ एक्सपो बुधबारबाट, उपराष्ट्रपतिले उद्घाटन गर्ने


Tata
GBIME
Nepal Life

काठमाडौं। फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) को सबै तयारी पुरा भएको छ। फर्नेक्सको आयोजक संस्था नेपाल फर्निचर तथा फर्निसिङ संघका अनुसार एक्स्पोको सबै तयारी पुरा भएको छ। 

संघका महासचिव तथा सूचना अधिकारी ओम बस्नेतका अनुसार भोलि बुधबार उपराष्ट्रपति नन्दकिशोर पुनले एक्स्पोको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। 

सातौं संस्करणको फर्नेक्स २०१९ राजधानीको भृकुटीमण्डपमा भदौ २५ गते बुधबारदेखि २९ गतेसम्म आयोजना हुने छ। एक्स्पोको व्यवस्थापक इभेण्ट सोलुसन प्रालिका प्रबन्धनिर्देशक विजयसागर प्रधानले एक्स्पोको सबै तयारी पुरा भएको बताए। 

‘विगत वर्षको तुलनामा अझै परिस्कृत रुपमा एक्स्पोको तयारी गरिएको छ। १ सय २० भन्दा बढी प्रदर्शकले एक्स्पोमा सहभागिता जनाउँदै छन्’ प्रधानले भने।

फर्नेक्स २०१९ को शिर्ष प्रायोजक जेम फ्लोरिङले गरेको छ भने मुख्यप्रायोजकमा हेरिटेज फ्लोरिङ कार्पेट इण्डस्ट्रिज प्रालि, हाइटेक्स कार्पेट, जेन्शाकार्पेट र हलेसी डेकोर रहेका छन्। एक्स्पोलाई नेपाल चेम्बर अफ कमर्श तथा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको सपोर्ट छ। त्यसैगरी एक्सपोलाई नेपाल हस्तकला महासंघ र नेपाल इन्टेरियर डिजाइनर एशोसीएसनको पनि सपोर्ट छ। एक्स्पोको बीमा पार्टनर एभरेष्ट इन्स्योरेन्स रहेको छ। 

किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत सामग्री प्रदर्शनीको मुख्य आकर्षण रहने आयोजकको भनाई छ। यसैगरि कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै वास्तुसँग सम्बन्धितउत्पादनप्रदर्शनीको आकर्षण बन्ने छ।