BIZMANDU
www.bizmandu.com

एभरेष्ट बैंकको चार करोड रुपैयाँको अग्राधिकार शेयर सर्वसाधारणमा परिणत हुने, बाँकी तीन वर्षपछि

२०७६ भदौ २५

एभरेष्ट बैंकको चार करोड रुपैयाँको अग्राधिकार शेयर सर्वसाधारणमा परिणत हुने, बाँकी तीन वर्षपछि
एभरेष्ट बैंकको चार करोड रुपैयाँको अग्राधिकार शेयर सर्वसाधारणमा परिणत हुने, बाँकी तीन वर्षपछि

Tata
GBIME
Nepal Life

काठमाडौं। एभरेष्ट बैंकले चार करोड रुपैयाँ बराबरको अग्राधिकार शेयर सर्वसाधारणसभा परिणत गर्ने भएको छ। 

बैंकले यो शेयर असोज ९ गते सर्वसाधारणका लागि परिणत हुने छ। अग्राधिकार शेयरको अन्तिम कारोबार असोज १ गते हुने बैंकले जनाएको छ। 

हाल डिम्याट खातामा कायम रहेको अग्राधिकार शेयरलाई साधारण शेयरमा परिवर्तन गर्नुपूर्व नै पुरानै कित्तामा कारोबार हुने अवस्था रहेको छ। यस्तो अवस्थामा नियामक निकायमा आवश्यक दर्ता प्रकृया पुरा गरि डिम्याट खाताबाट घटाउन वा बढाउने प्रयोजनार्थ असोज २ गतेदेखि असोज ३० गतेसम्म अग्राधिकार शेयको कारोबार बन्द गर्न बैंकले अनुरोध गरेको छ। 

बैंकले १२ वर्षअगाडि सर्वसाधारण शेयरमा परिणत हुने गरि २० करोड रुपैयाँको अग्राधिकार शेयर निषकाशन गरेको थियो। अग्राधिकार शेयर निष्काशन गर्दा हरेक तीन वर्षमा २० प्रतिशतका दरले सर्वसाधारणमा परिणत गर्ने गरि अनुमति पाएको थियो। 

बैंकले यस अघि तीन पटकमा १२ करोड रुपैयाँको अग्राधिकार शेयरलाई सर्वसाधारणमा परिणत गरिसकेको छ। आगामी तीन वर्ष पछि बाँकी चार करोड रुपैयाँ साधारण शेयर पूँजीमा परिणत हुनेछ।