BIZMANDU
www.bizmandu.com

दक्षिण कोरिया र भारतमा रहेका २१ हजार नेपालीको खाता खोल्न प्रभु बैंकको सक्षमसँग सहकार्य

२०७६ भदौ २५

दक्षिण कोरिया र भारतमा रहेका २१ हजार नेपालीको खाता खोल्न प्रभु बैंकको सक्षमसँग सहकार्य
दक्षिण कोरिया र भारतमा रहेका २१ हजार नेपालीको खाता खोल्न प्रभु बैंकको सक्षमसँग सहकार्य


Tata
GBIME
Nepal Life

काठमाडौं। दक्षिण कोरिया र भारतमा रहेका करिव २१ हजार नेपालीहरुको खाता खोल्नका लागि प्रभु बैंक र युकेएड सक्षमबीच सहकार्य भएको छ। दुई संस्थाबीच भएको सहकार्य अनुसार, बैंकले बचत खाताका सथै नेपालमा रहेका उनीहरुको परिवारमध्ये ६ सयलाई ऋण लगानी पनि गर्नु पर्ने छ।

समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र सक्षमका टोली प्रमुख निर्मल दाहालले हस्ताक्षर गरेका छन्। हस्ताक्षरअघि बोल्दै शेरचनले बैंकले विदेश गएका नेपालीहरुको 'पोर्टफोलियो' ब्यवस्थानका लागि उनीहरुलाई बैदेशिक रोजगार बचतपत्र खरीद गर्न प्रोत्साहन गरिने जानकारी दिए।

उनले बीमा बारे सुसुचित गराएर बीमालेख खरीदका लागि प्रोत्साहित गर्नेसमेत बताए। उनले बैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई सरकारको ब्याज अनुदानको ऋण उपलब्ध गराएर उद्यमशिलता विकास गर्नेसमेत जानकारी दिए। 

यो परियोजनाका लागि सक्षमले १० करोड रुपैयाँ सहयोग गरेको छ। परियोजना १८ महिनाभित्र पुरा हुनेछ।

कार्यक्रममा आएका राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले रेमिटेन्स भित्र्याउँदा कुल रकमको १.७ प्रतिशत खर्च लाग्ने गरेको जानकारी दिए। यसलाई घटाउँदै औपचारिक माध्यमबाट रेमिटेन्स भित्र्याउन सबैले भूमिका खेल्नु पर्ने उनले बताए।

कार्यक्रममा बैंकका अध्यक्ष देबिप्रकाश भट्टचनले सक्षमसँगको सहकार्यले औपचारिक माध्यमबाट रेमिटेन्स भित्र्याउन थप सजिलो भएको बताए। सक्षमका टोली प्रमुख दाहालले औपचारिक माध्यमबाट रेमिटेन्स भित्र्याउनका लागि बैंकसँग सहकार्य गरेको बताए।