BIZMANDU
www.bizmandu.com

श्रीको टर्बोप्रोपले २ साताभित्र उडान अनुमति, कम्पनीले क्यानडाबाट इन्स्ट्रक्टर पाइलट ल्याउँदै

२०७६ भदौ २६

श्रीको टर्बोप्रोपले २ साताभित्र उडान अनुमति, कम्पनीले क्यानडाबाट इन्स्ट्रक्टर पाइलट ल्याउँदै
श्रीको टर्बोप्रोपले २ साताभित्र उडान अनुमति, कम्पनीले क्यानडाबाट इन्स्ट्रक्टर पाइलट ल्याउँदै


Tata
GBIME
Nepal Life

काठमाडौं। श्री एयरलाइन्सको टर्बोप्रोपले दुई साता भित्र उडान अनुमति पाउने भएको छ। नयाँ जहाज उडान अनुमति प्रकृयाको चौथौँ चरणमा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत हवाई सुरक्षा विभागले जनाएको छ।

नयाँ किसिमको जहाज भएकाले कम्पनीले क्यानडाबाटै दुई जना इन्स्ट्रक्टर पाइलट ल्याउने भएको छ। 'उहाँहरुले आवश्यक कागजपत्र बुझाइ सक्नुभएको छ। अहिले हामी प्रक्रियाको चौथो चरणमा छौँ। अब यो चरणमा जनशक्ति, जहाजको म्यानुअल, एयरवर्दिनेश लगायत अध्ययनसँगै जहाजको परीक्षण उडान गरिनेछ।अध्ययन सकिएलगत्तै जहाजको परीक्षण उडान गरिनेछ। उडान सफल भएमा ‘नो अब्जेक्शन 'एनओसी' लेटर पाउनुहुनेछ।' हवाई सुरक्षा विभागका एक उच्च पदाधिकारीले भने।

प्राधिकरणका अनुसार कुनै पनि वायुसेवा कम्पनीले नयाँ प्रकारको जहाज ल्याउँदा प्रि एप्लिकेसन फेज, एप्लिकेशन फेज, डकुमेन्टेसन, डेमोन्सट्रेसन, सर्टिफिकेसन लगायत पाँचवटा चरण पूरा गर्नुपर्ने प्रावधान छ।अन्तिम चरणमा रहेको सर्टिफिकेशन चरणमा महानिर्देशकले उडान अनुमति पत्र दिने प्रावधान रहेको छ।

कम्पनीले ल्याएको ७८ सिटे टर्बोप्रोब (क्यू-४००) जहाजमार्फत पोखरा, भरतपुर, सिमरा, जनकपुर लगायत गन्तब्यमा नियमित उडान गर्ने योजना बनाएको छ।श्रीले हाल चारवटा जेट इन्जिन जहाजमार्फत माउन्टेन फ्लाइटसँगै विराटनगर, भैरहवा, भद्रपुर, धनगढी, नेपालगञ्ज लगायत ट्रंक रुटमा उडान भर्दै आएको छ।