BIZMANDU
www.bizmandu.com

एनआईसी एशिया बैंकको संचालकबाट जगदीश हटे, बाँकी कार्यकालका लागि निकुञ्ज अग्रवाल

२०७६ भदौ २६

एनआईसी एशिया बैंकको संचालकबाट जगदीश हटे, बाँकी कार्यकालका लागि निकुञ्ज अग्रवाल
एनआईसी एशिया बैंकको संचालकबाट जगदीश हटे, बाँकी कार्यकालका लागि निकुञ्ज अग्रवाल


Tata
GBIME
Nepal Life

काठमाडौं। एनआईसी एशिया बैंकको संचालकमा निकुञ्ज अग्रवाल नियुक्त भएका छन्। उनी जगदीशप्रसाद अग्रवालको सट्टामा बाँकी कार्यकालका लागि सञ्चालक नियुक्त भएका हुन्।

राष्ट्र बैंकले बैंक सञ्चालक पदमा रहनका लागि अधिकतम उमेर ७० वर्ष  तोकेको छ। सञ्चालक भइसकेको भए ७४ वर्ष पुगेपछि पद त्याग्नुपर्ने व्यवस्था गरिएको छ। यही व्यवस्थापछि जगदीशले सञ्चालक पद छाडेका हुन्।

बीसौं वार्षिक साधारणसभाबाट जगदीश अग्रवाल चार वर्षको अवधिका लागि सञ्चालक नियुक्त भएका थिए। साधारणसभा सम्पन्न भएको दुई वर्ष भएको छ। बाँकी दुई वर्षको लागि निकुञ्जले जिम्मेवारी बहन गर्ने छन्।