Bizmandu
www.bizmandu.com

आइएमर्इको व्यवसायिक यात्रा समेटिएको पुस्तक र भिडियो, १६ वर्षे व्यवसायिक यात्रा यस्तो छ



काठमाडौं।  आइएमई डिजिटल सोलुसन लिमिटेड र युएनसीडीएफको संयुक्त पहलमा प्रकाशित आइएमईको व्यवसायिक यात्रा समाविष्ट पुस्तक र भिडियो शुक्रबार सार्वजनिक गरिएको छ ।

गभर्नर डा. चिरन्जीवी नेपाल, बीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाईं, नेपाल दुरसंचार प्राधिकरणका अध्यक्ष दिगम्बर झा, यूएनसीडीएफमा क्षेत्रीय प्राविधिक विज्ञ जसप्रीत सिंह,  आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रवन्ध निर्देशक हेमराज ढकालले उक्त पुस्तक÷भिडियो संयुक्त रुपमा सार्वजनिक गरेका हुन्। पुस्तक/भिडियो अनावरण कार्यक्रममा नेपाल राष्ट्र बैंक, युएनसीडीएफ, संचारकर्मीहरु, सरोकारवाला र आइएमई ग्रुपका बरिष्ठ अधिकृतहरूको उपस्थिती रहेको थियो ।
Sipradee


सन् २००१ मा स्थापित आइएमई विप्रेषण सेवा प्रदायक नेतृत्वदायी रेमिटेन्स कम्पनी हो । जसले आजभन्दा १८ वर्ष अघि औपचारिक माध्यामबाट पहिलोपटक नेपालमा विदेशी मुद्रा भित्रययाउने कार्यको थालनी गरेको थियो । कुल ४८ पृष्ठ मोटो पुस्तक र ६ मिनेट लामो भिडियोमा आइएमईको १६ वर्षसम्मको व्यवसायीक यात्रा समावेश गरिएको छ ।

गभर्नर नेपालले आइएमईले तय गरेको सफल व्यावसायीक यात्राको उच्च प्रशंसा गर्दै डिजिटल वित्तीय सेवामा पनि सफलताको कामना गरे। बीमा समितिका अध्यक्ष चापागाईंले कृषि बीमाका लागि मौसमसँग सम्बन्धित रही कसरी बीमा सेवा प्रदान गर्न सकिन्छ  भन्नेमा अध्ययन भइरहेको जानकारी दिए। नेपाल दुरसंचार प्राधिकरणका अध्यक्ष झाले सूचना–प्रविधि र टेलिकमको तीब्रत्तर परिवर्तन भइरहेकाले डिजिटल वित्तीय सेवालाई पनि त्यसरी नै विकास गर्न सम्भव भएको बताए।

यूएनसीडीएफमा क्षेत्रीय प्राविधिक विज्ञ सिंहले यूएनसीडीएफ विगत तीन दशकदेखि नेपालमा वित्तीय सेवा उपलब्ध गराउन क्रियाशील रहेको जानकारी दिँदै आइएमई डिजिटल वित्तीय सेवाका लागि राजमार्ग भएको बताए ।

आइएमई ग्रुपका अध्यक्ष ढकालले नेपालको केन्द्रीय बैंकले आजभन्दा झण्डै दुई दशक अघि नेपालको निजी क्षेत्रलाई विश्वासमा लिएर रेमिट्यान्स कारोबार गर्ने साहसिक निर्णय गरेकाले नै आज मुलुकमा झण्डै ८० प्रतिशत रकम औपचारिक संजालबाट ल्याउन सम्भव भएको बताए।  ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकालले आइएमई पे मार्फत  डिजिटल वित्तीय सेवा प्रदान गर्न आफ्नो समूह प्रतिवद्ध रहेको बताए।