माछापुच्छ्रे, सिद्धार्थ र ज्योति विकासले मागे ठूलो संख्यामा कर्मचारी, स्नातक गरेकालाई अवशर

बिजमाण्डू
२०७६ असोज २९ गते ११:२४ | Oct 16, 2019
माछापुच्छ्रे, सिद्धार्थ र ज्योति विकासले मागे ठूलो संख्यामा कर्मचारी, स्नातक गरेकालाई अवशर

Tata
GBIME
Nepal Life

काठमाडौं। सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक र ज्योति विकास बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेका छन्। 

माछापुच्छ्रे बैंकले एकै पटक ११५ जना कर्मचारी माग गरेको छ। बैंकले उपत्यकाभित्र र बाहिरका शाखा कार्यालयको लागि २५ जना म्यानेजमनेन्ट ट्रेनी र ट्रेनी जुनियर एसिस्टेन्टका लागि ९० जना कर्मचारी माग गरेको हो। 

म्यानेजमेन्ट ट्रेनिको लागि स्नातकोत्तर गरेको हुनु पर्छ। त्यस्तै जुनियर एसिस्टेन्टको लागि स्नातक गरेको हुनु पर्ने बैंकले जनाएको छ। इच्छुक आवेदकले कात्तिक १३ गतेसम्ममा अनलाइन आवदेन दिन सक्ने छन्। 

सिद्धार्थ बैंकले ब्रान्च म्यानेजर सहित ५ वटा पदका लागि कर्मचारी आह्वान गरेको छ। बैंकले नयाँ तथा पुराना शाखा कार्यालयको लागि एसिस्टेन्ट म्यानेजर, सिनियर अफिसर, अफिसर, जुनियर अफिसर, सिनियर एसिस्टेन्ट तहमा कर्मचारी माग गरेको हो। बैंकले एकै पटक विभिन्न पदमा ठुलो संख्यामा कर्मचारी माग गरिएको हो। 

इच्छुक आवेदकले बैंकको वेवसाइटमा गएर विज्ञापन हेर्न सक्ने छन्। बैंकले योग्यता पुगेका आवेदकहरुलाई कात्तिक ८ गतेसम्ममा आवेदन दिन आह्वान गरेको छ। 

त्यस्तै ज्योति विकास बैंकले ५० जना कर्मचारी माग गरेको छ। बैंकले १० जना म्यानेजमेन्ट ट्रेनि र ४० जना जुनियर ट्रेनि असिस्टेन्ट माग गरेको हो। इच्छुक आवेदकले बैंकको वेवसाइट मार्फत कात्तिक १३ गतेसम्ममा आवदेन दिन सक्ने छन्।