नेपाल टेलिकमको विशेष योजना, १० रुपैयाँमा ८० एमबी र १० रुपैयाँमा सय मिनेट कल गर्न मिल्ने

बिजमाण्डू
२०७६ असोज ३० गते १८:२८ | Oct 17, 2019
नेपाल टेलिकमको विशेष योजना, १० रुपैयाँमा ८० एमबी र १० रुपैयाँमा सय मिनेट कल गर्न मिल्ने

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल टेलिकमले डाटा र भ्वाइसमा विशेष अफर ल्याएको छ। टेलिकमले बिहिबारदेखी लागु हुने गरी शरद ऋतु(अटम) अफर ल्याएको हो।

अब ग्राहकले बिहान ६ बजेदेखी बेलुका ६ बजेसम्म १० रुपैंयाँमा ८० एमबी डाटा प्रयोग गर्न सक्छन्। यस्तै भ्वाइसतर्फ बिहान ५ बजेदेखी बेलुका ५ बजेसम्म १० रुपैंयाँमा १०० मिनेट टेलिकमको नेटवर्किङ भित्र कल गर्न सक्ने कम्पनीले जनाएको छ।

यसैगरी १५ एमबीपीएसको कम्बो प्याकको मूल्य घटाइएको कम्पनीले जनाएको छ। पहिलेको १ हजार २ सयको प्याकलाई १ हजार, ३ हजार ४ सयको प्याकलाई ३ हजार, ६ हजार ४ सयको प्याकलाई ५ हजार ५ सय र १२ हजार ३ सयको प्याकलाई अब १० हजार ५ सय रुपैयाँ पर्ने कम्पनीले जनाएको छ।