एनएमबी लघुवित्तको १५०% हकप्रद शेयर कात्तिक २४ देखि, चुक्ता पूँजी ४० करोड ५० लाख रुपैयाँ पुग्ने

बिजमाण्डू
२०७६ कात्तिक ५ गते ०९:४२ | Oct 22, 2019

Tata
GBIME
Nepal Life

काठमाडौं। एनएमबी लघुवित्त वित्तीय संस्थाले कात्तिक २४ गतेदेखि चुक्ता पूँजीको १५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ। संस्थाले कात्तिक ६ गते बुधबारसम्म कायम शेयरधनीहरुको लागि हकप्रद शेयर बिक्री गर्नेछ।

संस्थाले घोषणा गरेको बोनस शेयर पछि चुक्ता पूँजी १६ करोड २० लाख रुपैयाँ कायम हुनेछ। यसै पूँजीको १५० प्रतिशत हकप्रद शेयर निष्काशन पछि चुक्ता पूँजी ४० करोड ५० लाख रुपैयाँ कायम हुने छ।

प्रति कित्ता १०० रुपैयाँको दरमा २४ लाख ३० हजार कित्ता हकप्रद शेयर मंसिर २९ गतेसम्म निष्काशन हुने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक सनराइज क्यापिटलले जनाएको छ। हकप्रद आवेदन आस्वा सुविधा प्रदान गर्ने सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट पाइनेछ।

संस्थाले चालु आर्थिक वर्षमा बोनस शेयर र हकप्रद शेयर दिए पछि प्रतिशेयर आम्दानी घट्ने प्रक्षेपण गरेको छ। चालु आर्थिक वर्षमा प्रतिशेयर आम्दानी घटेपनि आगामी आर्थिक वर्षमा पुरानै अवस्थामा फर्कने प्रक्षेपण गरिएको छ।