नागरिक एकांक योजनामा जम्मा २५ जनाको मात्रै सहभागी, कोरियामा काम गर्ने नेपालीको आकर्षण भएन

बिजमाण्डू
२०७६ कात्तिक ५ गते १३:५१ | Oct 22, 2019
नागरिक एकांक योजनामा जम्मा २५ जनाको मात्रै सहभागी, कोरियामा काम गर्ने नेपालीको आकर्षण भएन

Tata
GBIME
Nepal Life

काठमाडौं। नागरिक लगानी कोषले दक्षिण कोरियाका नेपालीहरुलाई लक्षित गर्दै सञ्चालन गरेको नागरिक एकांक योजनामा विगत दुई वर्षमा कोही पनि सहभागी भएनन्। वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई कोषमा आवद्ध गराउने उद्देश्यले यो योजना ल्याइएको थियो।

कोषका अनुसार योजनामा अहिलेसम्म जम्मा २५ जना मात्रै सहभागी छन्। गत आर्थिक वर्षमा र चालु आर्थिक वर्षको अहिलेसम्म एक जना पनि यो योजनामा नआएको कोषका सूचना अधिकारी उदद्व सिलवालले जानकारी दिए।

कोषमा आकर्षण नदेखिएपछि कोषले गत भदौदेखि व्याजदर बढाएको छ। कोषले ५.५ प्रतिशत व्याजदर दिँदै आएकोमा बढाएर ८ प्रतिशत पुर्याएको हो। कोषमा आकर्षण बढाउन कोषले संस्थागत र व्यक्तिगत दुबै तर्फका लगानीकर्ताहरुलाई बचतको सीमा हटाएको छ। अवदेखि व्यक्ति वा संस्थाले आफुले सकेको रकम जम्मा गर्न सक्छन्।

योजनाका लागि सनराइज बैंकलाई एजेन्ट तोकिएको छ। कोरियामा बसेका नेपालीहरुले सनराइज बैंक मार्फत कोषमा रकम जम्मा गर्न सक्छन्। कोष आफैले कोरियामा आफ्नो प्रतिनिधि पढाउन नसक्दा योजनामा सहभागिता बढाउन नसकेको हो।

हाल बैंक तथा वित्तीय संस्थाहरुमै १० प्रतिशत हाराहारीमा व्याजदर पाउन सकिन्छ। यसले गर्दा पनि सहभागीको आकर्षण नदेखिएको हो।यस्ता कोषहरुलाई सुरक्षित लगानीको क्षेत्र अन्तर्गत राखिन्छ।तर कोषले आफ्नो सक्रियता बढाउन नसक्दा सहभागिता बढ्न सकेका छैनन्।