उपभोक्ता हितविपरित काम गर्ने १ सय ८० व्यवसायीलाई जरीवाना, धादिङको मात्रै ४० होटल परे

बिजमाण्डू
२०७६ कात्तिक ५ गते १४:५३ | Oct 22, 2019
उपभोक्ता हितविपरित काम गर्ने १ सय ८० व्यवसायीलाई जरीवाना, धादिङको मात्रै ४० होटल परे

Tata
GBIME
Nepal Life

काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन महिनाको अवधिमा उपभोक्ताहित विपरित काम गर्ने व्यवसायीलाई ४२ लाख १५ हजार जरीवाना गरेको छ।

विभागले हाल सम्म करिव १ सय ८० वटा व्यापरिक संस्थालाई जरीवाना गरेको हो। काठमाडौं र धादिङका विभिन्न व्यापारिक केन्द्रमा टोलीले अनुगमन गरेको थियो। होटल, रेष्टुरेन्ट, विभिन्न लत्ताकपडाका पसल, खुद्रा तथा होलसेल पसल, व्यापारिक मल, डिपार्टमेन्टल स्टोर, तरकारी, मासु पसल लगायतमा अनुगमन गरेको विभागले जनाएको छ।

धादिङका राजमार्ग आसपासका होटलको समेत अनुगमन गरि ४० वटालाई कारवाही गरेको विभागले जनाएको छ। विभागका अनुसार दरवारमार्ग, सिभिल मल,रञ्जना मल, बिजी मल, न्युरोड बानेश्वर, कलंकी, चावहिल लगायतका क्षेत्रको अनुगमन गरिएको थियो।

कारवाहीमा परेका व्यवसायीलाई ७ दिन भित्र विभागमा उपस्थित भएर स्पष्टीकरण दिन अनुरोध गरेको थियो। अहिले पनि कतिपय व्यवसायी विभिन्न बहाना बनाएर विभागमा नआएको अनुगमन शाखा प्रमुख निरोजकुमार खत्रीले जानकारी दिए। तिहारका लागि अहिले पनि अनुगमन भइरहेको छ। उनका अनुसार चितवन, तनहुँ, काभ्रे र सिन्धुलीमा अनुगमन टोली गइरहेको छ।

लत्ताकपडा, खाद्यान्न र मसला जन्य वस्तुमा सबै भन्दा बढी उपभोक्ता ठगिएको पाइएको विभागले जनाएको छ। उपभोक्ताको गुनासो आए रातमा पनि अनुगमन गरिने उनले बताए।