जनता बैंकले लुम्बिनी नेत्र विज्ञानलाई साढे चार लाख र वैद्यनाथ वेदलाई अढाइ लाख दियो

बिजमाण्डू
२०७६ मंसिर १७ गते १५:४७ | Dec 3, 2019
जनता बैंकले लुम्बिनी नेत्र विज्ञानलाई साढे चार लाख र वैद्यनाथ वेदलाई अढाइ लाख दियो



काठमाडौं। जनता बैंकले लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थानलाई ४ लाख ५० हजार र वैद्यनाथ वेद विद्याश्रमलाई २ लाख ५० हजार आर्थिक सहयोग प्रदान गरेको छ।

Tata
GBIME
Nepal Life

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व सहयोग गरेको हो। सहयोग रकमको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँबर क्षेत्रीले लुम्बिनी नेत्र विज्ञानका अध्यक्ष सागरप्रताप राणा र वैद्यनाथ क्षेत्र विकासका संरक्षक सुरतबहादुर थापालाई हस्तान्तरण गरेका छन्।