नेपाल टेलिकमको गिफ्ट प्याकेज, यसरी दिनुस आफन्त र साथीलाई उपहार

बिजमाण्डू
२०७६ मंसिर १८ गते १५:५२ | Dec 4, 2019
नेपाल टेलिकमको गिफ्ट प्याकेज, यसरी दिनुस आफन्त र साथीलाई उपहार

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल टेलिकमले भ्वाइस तथा डाटा सेवा सस्तो मूल्यमा उपहार दिने योजना ल्याएको छ। योजना अन्तर्गत निश्चित दिनका लागि भ्वाइस वा डाटा सेवा साथीभाई वा आफन्तलाई उपहारका रुपमा प्रदान गर्न सकिने कम्पनीले जनाएको छ।

यो सेवाका लागि नेपाल टेलिकमको  एप डाउनलोड गर्नुपर्छ। एन्ड्रोइड मोबाइल प्रयोगकर्ताले प्ले स्टोरमा र आइफोन प्रयोगकर्ताले एप स्टोरबाट एप डाउनलोड गर्न सकिन्छ । डाउनलोड गरेपछि ‘रजिष्टर’मा क्लिक गर्नुपर्छ। एपमा मागिएबमोजिम प्रयोगकर्ताको नाम, मोबाइल नम्बर, पासवर्ड लगायत विवरण राखेपछि लग इन हुन्छ । यसपश्चात मोबाइलमा तत्कालै सन्देशका रुपमा एक पटकका लागि कोड नम्बर आउँछ । सो कोड नम्बर इन्ट्री गरी हामी कम्पनीको एप प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।  

इन्टरनेट चलाउने डाटा सेवा एप खोलेर गिफ्ट प्याकेज्समा क्लिक गर्नुपर्छ। त्यसपछि डाटा लेखिएको एपमा गएर जम्मा १२ रुपैयाँमा २४ घण्टासम्म २८ एमबी डाटा चलाउन सकिने, ३० रुपैयाँमा तीन दिन चलाउन मिल्ने ९० एमबी, ६० रुपैयाँमा ७ दिनको १९० एमबी र सय रुपैयाँको ५०० एमबी तथा २ सय ४० रुपैयाँकोको २८ दिन चलाउन सकिने १५०० एमबी डाटा गिफ्ट दिन सकिने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार कति एमबीको डाटा उपहार दिइने हो निश्चित गरेपछि क्लिक टु सब्सक्राइब लेखिएको स्थानमा क्लिक गरी दिन चाहेको मोबाइल नम्बर लेखी ओके गर्नुपर्छ।

कम्पनीका अनुसार एपको गिफ्ट प्याकेज्समा गई भ्वाइस क्लिक गरी २५ रुपैयाँको ४० मिनेट कुरा गर्न सकिने एकदिने प्याकेज सय रुपैयाँ मात्रै लाग्छ। कम्पनीका अनुसार २४० रुपैयाँमा २८ दिनसम्म ४९० मिनेट कुरा गर्न सकिने प्याकेज पनि उपहार प्रदान गर्न सकिने छ । पाँच सय रुपैयाँमा ४२ दिनसम्म प्रयोग गर्न सकिने ११ सय मिनेट गिफ्ट गर्न पनि सकिन्छ ।