महालक्ष्मी विकास बैंकले सोनाम तामाङलाई सम्मान गर्यो

बिजमाण्डू
२०७६ मंसिर १९ गते १४:३७ | Dec 5, 2019

Tata
GBIME
Nepal Life

काठमाडौं। महालक्ष्मी विकास बैंकले सुनकोशी नदीमा बस खस्दा यात्रुको उद्धार गर्ने सोनाम तामाङलाई सम्मान गरेको छ।

गत असोज १७ गते देउरालीदेखि काठमाडौं हिडेको बस सुकुटे रिर्सोट नजिकै दुर्घटना भएको थियो। दुर्घटनापछि र्याफ्टिङ गाइड तामाङले धेरै यात्रुको उद्धार गरेका थिए। बैंकले उनको साहसलाई कदर गर्दै १५ हजार रुपैयाँ नगद दिएको हो।