बैंकर्स संघले सम्मान गरेपछि पृथ्वीबहादुर पाँडेले भने- मर्जर नीति ठिक छ, यस्तो छ पाँडेको योगदान

बिजमाण्डू
२०७६ मंसिर २० गते १४:५४ | Dec 6, 2019
बैंकर्स संघले सम्मान गरेपछि पृथ्वीबहादुर पाँडेले भने- मर्जर नीति ठिक छ, यस्तो छ पाँडेको योगदान

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल बैंकर्स संघले नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेलाई सम्मान गरेको छ। आफ्नो ३३औं बार्षिक साधारणसभाको अवशर पारेर ४२ बर्षदेखि बैंकिङ क्षेत्रमा रहेका पाँडेलाई संघले सम्मान गरेको हो।

नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जिबी नेपाल, डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले पाँडेलाई सम्मान गरेका हुन्। 

पाँडे राष्ट्र बैंकका क्याडर पनि हुन्। त्यसपछि उनी राष्ट्रिय बाणिज्य बैंकको महाप्रबन्धक भएका थिए। हिमालयन बैंकको संस्थापक कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृतसमेत भए। 

उनकै पहलमा हिमालयन बैक स्थापना भएको थियो। त्यसपछि इन्डोसेज बैंकको शेयर खरीद गरेर त्यसलाई नेपाल इन्भेष्टमेन्ट बैंक बनाएका थिए। त्यहाँ उनी कार्यकारी अध्यक्ष भएका थिए। पछि राष्ट्र बैंकले कार्यकारी अध्यक्षको ब्यवस्था खारेज भएपछि उनी सञ्चालक समिति अध्यक्ष मात्रै छन्। 

सम्मान लिएपछि पाँडेले राष्ट्र बैंकले लिएको मर्जर नीति सही भएको भन्दै यसलाई अगाडि बढाउन सुझाब पनि दिए।
संघको साधारणसभाले सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।

उपाध्यक्षमा नेपाल एसबिआइ बैंकका अनुकुल भटनागरले निरन्तरता पाएका छन् भने सदस्यहरुमा एनसिसीका रमेशराज अर्याल, माछापुच्छ्रेका सुमन शर्मा र सिभिलका गोविन्द गुरुङले पनि निरन्तरता पाएका छन्।

सभाले सदस्यमा मेगा बैंककी अनुपमा खुञ्जेली, सनराइजका जनक शर्मा पौडेल, नेपाल बैंकका कृष्णबहादुर अधिकारी, एनएमबीका सुनिल केसी सदस्यमा निर्विरोध चयन भएका छन्। नयाँ कार्यसमितिले एक महिनापछि कार्यभार सम्हाल्ने छ। एक महिनासम्म ज्ञानेन्द्र ढुङ्गानाको नेतृत्वको कार्यसमितिले नै काम गर्ने छ।