ग्लोबल आइएमईमा जनताका दुई सञ्चालक थपिए, पाँच बाहिरिए, सिइओमा पर्शुराम कुँवर 

बिजमाण्डू
२०७६ मंसिर २२ गते १४:०४ | Dec 8, 2019
ग्लोबल आइएमईमा जनताका दुई सञ्चालक थपिए, पाँच बाहिरिए, सिइओमा पर्शुराम कुँवर 

Tata
GBIME
Nepal Life

काठमाडौं। ग्लोबल आइएमई र साबिक जनता बैंक बीचको मर्जरपछि ग्लोबल आइएमई बैंकमा केशवबहादुर रायमाझी र विनितकुमार अग्रवाल नियुक्त भएका छन्। रायमाझी जनता बैंकका अध्यक्ष थिए।

 
ग्लोबलले साबिक जनता बैंकको प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीलाई नै प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो। मर्जरको सम्झौता पत्रअनुसार कुँवरलाई प्रमुख कार्यकारी नियुक्त भएका हुन् भने ग्लोबलका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाललाई वरिष्ठतम नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको छ। 

त्यस्तै ग्लोबलका बहालवाला पाँच संचालक चन्द्रप्रसाद ढकाल, सुदर्शनकृष्ण श्रेष्ठ, सुमन पोखरेल, कृष्णप्रसाद शर्मा र नुमनाथ पौडेल यथावत छन्। जनता बैंकमा रहेका लंगबहादुर केसी, रामबहादुर भण्डारी, गौतमप्रसाद खनाल, संजिव न्यौपाने र मिनाकुमारी सैंजु भने बाहिरिएका छन्। 
शुक्रबारको निर्णयअनुसार जनताका दुई सञ्चालक नियुक्त भएका हुन्। यससँगै ग्लोबलको सञ्चालकमा सातजना रहने छन्। दुई बैंक मर्जरसँगै शुक्रबारदेखि एकीकृत कारोबार सुरू भइसकेको छ। 

दुवै बैंकले मंसिर २ गते वार्षिक साधारणसभाबाट मर्जरको विशेष प्रस्ताव शेयरधनीहरूबाट अनुमोदन गराएका थिए। मर्जरपछि ग्लोबल आइएमई सबैभन्दा ठूलो बैंक बनेको छ।