डिस होमको क्रेडिट सर्भिस अब पाँच दिन कायम हुने, तत्काल रिचार्ज गर्न नभ्याउने ग्राहकलाई सहज

बिजमाण्डू
२०७६ मंसिर २३ गते १४:२७ | Dec 9, 2019


काठमाडौं। डिस होमले क्रेडिट सर्भिस लम्ब्याएर पाँच दिनसम्म पुर्‍याएको छ।  आफ्ना ग्राहकहरुलाई सदस्यता शुल्क समाप्त भइसकेपछि पनि तीन दिनसम्म थप म्याद दिँदै आएकोमा अब उक्त सेवाको म्याद थप गरि पाँच दिन पुर्‍याएको हो।

Tata
GBIME
Nepal Life

यसका साथै ग्राहकहरूले एकपटक किनेको नियमित सेवाको अवधि समाप्त भएपछि थप पाँच दिनको क्रेडिट सेवा प्राप्त गर्न सक्ने डिस होमले जनाएको छ।

नियमित सेवाको अवधि समाप्त भएपछि थप गरिएको क्रेडिट अवधि ग्राहकहरूले आफ्नो सेवा नवीकरण गर्दा सोही नवीकरण अवधिमा मिलान गरिने पनि डिस होमले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।

कम्पनीका अनुसार यो प्रक्रिया सेल्फ–सर्भिस मोडल प्रणालीमार्फत संचालन हुने छ, जसका लागि ग्राहकले कुनै प्रकारका अतिरिक्त व्ययभार व्यहोर्नु पर्ने छैन ।

डिस होमले यो सेवा ग्राहकहरुले आफ्नो सेवा रिचार्ज गर्नलाई ग्रेस(सुविधा) अवधिका रूपमा उपलब्ध गराइने बताएको छ । यस प्रकारको सेवाबाट विशेष गरी तत्काल रिचार्ज गर्न समस्या हुने ग्रामीण भेगका ग्राहकहरु लाभान्वित हुनेछन् ।

यो सेवाको कारण अचानक सेवा टुट्न गएको अवस्थामा तत्काल सेवा नवीकरण सुविधा उपलब्ध हुने हुँदा ग्राहकहरुको टेलिभिजन हेर्ने अनुभवलाई थप विस्तार गर्न सहयोग पुग्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार डिसहोम क्रेडिट सर्भिस सेल्फ–सर्भिस मोडल सेवा हो जुन ग्राहकहरूको सुगमता अनुरूप डिसहोम ग्राहक सेवा केन्द्रमार्फत वा डिसहोम मोबाइल एपमा दर्ता भएर, मोबाइल एसएमएस मार्फत सुचारु गर्न सकिन्छ ।

हाल दैनिक रूपमा ५८ सयभन्दा धेरै ग्राहकले यो क्रेडिट सेवाको उपभोग गरिरहेको पनि बिज्ञप्तीमा उल्लेख छ।