पल्सर डेयर भेन्चर राइडर्सले गरे दशरथ रंगशाला सफा, १२ जना सहभागी

बिजमाण्डू
२०७६ मंसिर २३ गते १९:५२ | Dec 9, 2019

Tata
GBIME
Nepal Life

काठमाडौं। पल्सर डेयर भेन्चरका राइडर्सले नेपाल र बंगलादेशबीचको खेल समाप्त भएपछि दशरथ रंगशाला सफा गरेका छन्।

पल्सर डेयर भेन्चरका १२ जना राइडर्सले रंगशालामा भएको फोहोर जम्मा गरेर रंगशालाको सीट र प्याराफिट सफा गरेका हुन्। पल्सर डेयर भेन्चर नेपालको सबभन्दा लोकप्रिय, साहसिक र पहिलो बाइकिङ्ग रियालीटी शो हो।  चौथोँ सिजन एपी १ टिभीमा हरेक शनिबार राति ९ बजे प्रसारण भइरहेको छ। 

बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी सदैव आफ्नो सामाजिक उत्तरदायित्वप्रति सचेत रहेको जनाएको छ।