लक्ष्मी बैंकको भाइबर च्याटलाई रोमाञ्चक बनाउन १६ सेटको स्टिकर सेट सुरु गर्यो

बिजमाण्डू
२०७६ मंसिर २५ गते १७:०१ | Dec 11, 2019
लक्ष्मी बैंकको भाइबर च्याटलाई रोमाञ्चक बनाउन १६ सेटको स्टिकर सेट सुरु गर्यो

Tata
GBIME
Nepal Life

काठमाडौं। लक्ष्मी बैंकले भाइबर च्याटलाई रोमाञ्चक बनाउन सोमबारदेखि १६ प्रकारको स्टिकर रहेकोे स्टिकर सेट शुभारम्भ गरेको छ।

यसबाट भाइबरमा यसभन्दा अघि नभएको ‘नेपाली एनिमेटेड प्याक’ शुरु गर्ने लक्ष्मी पहिलो बैंक भएको दाबी गरेको छ। भाइबर च्याटमा मौलिक भाषामा समयानुकुल कुराकानी गर्न, धन्यवाद व्यक्त गर्न तथा अन्य सन्देशहरु आदानप्रदान गर्न बैंकको रचनात्मक भाइबर स्टिकरहरु प्रयोग गर्न सकिने बैंकले जनाएको छ।

बैंककी रणनीति तथा बजार विभाग प्रमुख भारती पाण्डेले भनिन् “बैंकको ग्राहकसँगको सम्बन्धलाई थप मजबुत बनाउँदै लैजानु आजको आवश्यकता हो। त्यही भएर बैंकले स्टिकरमार्फत् नयाँ र विद्यमान ग्राहकहरुलाई हाम्रो भाइबर खाताद्वारा थप नजिक ल्याउन खोजेका हौं।”