थापाथलीमा टाटाको विन्टर ब्लेसिङ कार्यक्रम, गाडी एक्सचेन्जदेखि नगद छुटसम्म

बिजमाण्डू
२०७६ मंसिर २६ गते १९:५६ | Dec 12, 2019
थापाथलीमा टाटाको विन्टर ब्लेसिङ कार्यक्रम, गाडी एक्सचेन्जदेखि नगद छुटसम्म

Tata
GBIME
Nepal Life

काठमाडौं। टाटा मोटर्सको नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले जाडोयामलाई लक्षित गर्दै विन्टर ब्लेसिङ कार्यक्रम गर्ने भएको छ।

शुक्रबारदेखि सिप्रदीको अत्याधुनिक शोरुम थापाथलीमा हुने यो कार्यक्रममा नयाँ गाडी टेष्ट ड्राइभ गर्न पाइने कम्पनीले जनाएको छ। आइतबारसम्म हुने यो कार्यक्रममा एच फाइभ, नेक्सन, टियागो, टिगोर र एनआरजी लगायत गाडी अवलोकन तथा टेष्ट ड्राइभ गर्न सकिने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार जुनसुकै ब्राण्डका गाडीहरू एक्सचेन्जको सुविधा पनि उपलब्ध गराइएको छ। कार्यक्रममा नगद छुट, डोर प्राइज, गाडी सजावटका सामानहरू, बीमा सुविधा, एक वर्षको सवारी कर, प्रत्येक गाडीको मुल्यांकनमा कार परफ्युम र टेस्ट ड्राइभमा सिनेमाको टिकट दिने कम्पनीले जनाएको छ।