सिद्धार्थनगरको भाटभटेनीले उद्घाटनकै दिन १ करोड ४१ लाखको कारोबार, कपडा मात्रै ४० लाखको व्यापार

बिजमाण्डू
२०७६ मंसिर २७ गते १४:४१ | Dec 13, 2019
सिद्धार्थनगरको भाटभटेनीले उद्घाटनकै दिन १ करोड ४१ लाखको कारोबार, कपडा मात्रै ४० लाखको व्यापार


Tata
GBIME
Nepal Life

काठमाडौं। भाटभटेनीको १७ औँ भैरहवा सिद्धार्थनगरमा खुलेको सुपर स्टोरले उद्घाटनका दिन विहिबार १ करोड ४१ लाखको विक्री गरेको छ।

भाटभटेनीका प्रबन्धक विनोद भट्टराईका अनुसार सबैभन्दा बढी तयारी कपडाको विक्री ४२ लाख रुपैयाँको भएको छ । त्यसपछि ग्रोसरी अर्थात् खाद्यान्नको विक्री ३५ लाखको छ । स्टोरले किचनवेयरतर्फ २१ लाखको र इलेक्ट्रिकल सामान १२ लाख मूल्यको विक्री गरेको छ। बाँकी अन्य सामग्रीको विक्री भएको छ।

रूपन्देही जिल्लामा भाटभटेनीको यो दोस्रो स्टोर हो । यसअघि बुटवलमा १३ औँ स्टोरका रूपमा भाटभटेनी खुलेको थियो। सिद्धार्थनगरको स्टोरमा अर्को सूचना प्रकाशित नभएसम्म १० प्रतिशत छुटलाई जारी राखिने प्रबन्धक भट्टराईले बताए।