इटहरीमा एनसेल मेला, मेलामा सांगीतिक कार्यक्रमसहित भ्रमण वर्षको समेत प्रवर्द्धन

बिजमाण्डू
२०७६ मंसिर २८ गते १९:०९ | Dec 14, 2019
इटहरीमा एनसेल मेला, मेलामा सांगीतिक कार्यक्रमसहित भ्रमण वर्षको समेत प्रवर्द्धन

Tata
GBIME
Nepal Life

इटहरी। एनसेलले शनिबार इटहरीमा ‘एनसेल मेला २०७६’ गरेको छ। आफ्नो ब्राण्ड प्रवर्द्धनसहित नेपाल भ्रमण वर्ष २०२० को प्रचारलाई समेत सघाउन कम्पनीले उक्त कार्यक्रम गरेको हो।

मेलामा दर्शकहरूले भरपूर मनोरञ्जन लिएका थिए। त्यसैगरि बालबालिकाहरूले विविध खेल र गतिविधिबाट मनोरञ्जन लिएका थिए। मेला जनता माध्यमिक विद्यालयको फुटबल मैदानमा बिहान ११ बजे सुरू भएर साँझसम्म चलेको थियो।

मेलामा आन्तरिक पर्यटन प्रवर्द्धन गर्न सो क्षेत्रका पर्यटन गन्तव्य र आकर्षणहरूका बारेमा जानकारी गराइएको थियो। चर्चित गायकहरू दीपक बज्राचार्य र रिदम ब्याण्ड, आशिष राना (लाउरे), कालीप्रसाद बास्कोटा, मेलिना  राई, टीका प्रसाइँ र सिने कलाकार प्रियंका कार्कीले आफ्नो प्रस्तुति दिएका थिए। मेलामा कलाकार रेमनदास श्रेष्ठ र साहना बज्राचार्यको उद्घोषणले दर्शकहरूलाई थप उर्जा थपेको थियो।

मेलाको अवसर पारेर एनसेलले हाल संचालनमा रहेको आफ्नो ‘एनसेल सुपर सेलर’ योजनाअन्तर्गत मोरङका दुई पोइन्ट अफ सेल्स (पीओएस) र खुद्रा बिक्रेताहरूलाई पुरस्कारस्वरूप बाइक पनि हस्तान्तरण गरेको छ। यो योजनाको प्लाटिनम समुहअन्तर्गत प्यासेफिक मार्केटिङ र फ्रेन्ड्स कम्युनिकेशनले एक/एकवटा बाइक जित्न सफल भएका छन्।

मेलामा बालबालिकाका लागि किड्स जोनमा पेन्टिङ, प्लेडो, लेगो, प्री-गो होभर बोर्ड, मिनी गो-कार्ट, पोगो स्टिक, इन्फ्लेटेड क्यासल, डक फिसिङ र एंग्री बर्ड लगायतका गेम राखिएका थिए।